रसुवा बाढीमा परि बेपत्ता १८ जनाको पहिचान खुल्यो

Image
बाढीमा फसेकाको उद्धार गर्दै नेपाली सेनाको उद्धार टोली । तस्बिर : नेपाली सेना

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान भएको छ ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन् ।

यसैबिच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि डिएसपी थापाले दिए । पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ। यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।

यी हुन् बेपत्ता ३ प्रहरी

-प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

– प्रहरी जवान मुन्ना ठाकुर

– प्रहरी जवान लोकेन्द्र बोहोरा

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

– फुर्वा लामा

– गोविन्द मोक्तान

– लोकमान तामाङ

– जिपन चौधरी

– सन्तोष दइत

– बुद्धिराम थारू

– लक्ष्मीनारायण थारू

– सुरेश थारू

– नरेन्द्र विक

यी हुन् बेपत्ता ६ जना चिनियाँ नागरिक

-यु युइ

– ली हुवाछिन

– याङ चुआन

– यु हाइ हाङ

– यु छिआओ छुइ

– जोउ योङ