डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाई सम्पन्न भएको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । कृषि विकास निर्देशनालय दिपायल डोटीका सुचना अधिकारी केशव पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिन तीन लाख ५९ हजार ९११ हेक्टर क्षेत्रफल रहेको छ ।
हाल सम्म सबैभन्दा बढी रोपाई कैलाली जिल्लामा भएको उनले जानकारी दिए । कैलालीमा रोपाई हुने क्षेत्रफल ६७ हजार ४२ हेक्टर क्षेत्र हो । यसमध्ये हालसम्म ६६ हजार ८७ हेक्टर क्षेत्रफलमा रोपाई भईसकेको छ । प्रतिशतका हिसाबले यो ९८ हुन आउछ । कैलाली पछि हालसम्म बढी रोपाई हुने जिल्ला मध्यपहाडी डडेल्धुरा हो । यस जिल्लामा ९५ प्रतिशत रोपाई सम्पन्न भएको छ । डडेल्धुरामा छ हजार १२० हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । हालसम्म पाँच हजार ८१४ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ ।
क्षेत्रफलका हिसाबले कैलाली पछि सबैभन्दा बढी रोपाई हुने जिल्ला कञ्चनपुर हो । यस जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ । हालसम्म ४५ हजार १०१ हेक्टर क्षेत्रफलमा रोपाई गरिएदा ९३ प्रसतशत हुन आउछ । तराईका दुई वटा जिल्ला बाहेक सात पहाडी र हिमाली जिल्लाहरु मध्ये क्षेत्रफलका हिसाबमा सबैभन्दा बढी रोपाई हुने जिल्ला अछाम हो । अछाममा १६ हजार ५९० हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । हालसम्म १३ हजार ७७० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न हुदा ८३ प्रतिशत पुगेको छ ।
यसैगरी बझाङ जिल्लामा १० हजार ३०० हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । हालसम्म नौ हजार ६८२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो ९४ प्रतिशत हो । बैतडी जिल्लामा कुल नौ हजार हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । हालसम्म आठ हजार ४६० हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो ९४ प्रतिशत हो । बाजुरमा हालसम्म लगभग ८४ प्रतिशत रोपाई सम्पन्न भएको छ । बाजुरा जिल्लाभर ७ हजार ३०३ हेक्टर क्षेत्रफलमा रोपाई हुदै आएकोमा अहिलेसम्म छ हजार १३१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ ।
यसैगरि दार्चुलामा ४ हजार ४८० हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ । यस जिल्लामा हालसम्म चार हजार १२५ हेक्टर क्षत्रेफलमा रोपाई सम्पन्न हुदा प्रतिशतका हिसाबले ९२ बढी हुन आउछ । हालसम्म सबैभन्दा कम रोपाई डोटीमा भएको छ । डोटी जिल्लामा कुल छ हजार ४२६ हेक्टर क्षेत्रफलमा रोपाई गरिन्छ भने हालसम्म चार हजार ८२० हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ । यो जम्मा ७५ प्रतिशत मात्रै हो ।











