बाजुराको हिमालीमा जिप दुर्घटनामा दुईको मृत्यु

Image

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य  १२ जना घाइते भएका छन् । दुर्घटनामा हिमाली गाउँपालिका–५, सुन्यबाडा बस्ने  ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो ।

चौधरीका अनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप बढी यात्रु भएका कारण कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटना परेको जिपमा जम्मा २६ जना सवार रहेका थिए। उनीहरू मध्ये दुई जनाको घटना स्थलमै मृत्यु १२ जना घाइते र अन्य १२ जना भने सकुशल रहेको प्रहरी निरीक्षक चौधरीले बताए ।