डडेल्धुरा । कक्षा १२ को नतिजामा डडेल्धुराका कपिल भण्डारी सुदूरपश्चिम प्रदेशमै सर्वोकृष्ट नतिजा ल्याउन सफल भएका छन । उनी कैलालीको नास्ट माविमा अध्ययरत थिए । धनगढी उप महानगरपालिका ४ उत्तरबेहडीमा रहेको नास्ट माविले कक्षा १२ को वार्षिक परीक्षामा सुदूरपश्चिम प्रदेश भरीमै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेको छ । प्राप्त जानकारी अनुसार नास्ट माध्यमिक विद्यालयमा अध्ययनरत विज्ञान समूहका विद्यार्थी कपिल भण्डारीले ३.९५ जिपिए ल्याउँदै प्रदेश भरीमा सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन ।
कपिल भण्डारी डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा, भट्गाउँबासी हुन । उनी सानैदेखि नास्ट माविमा अध्ययन गर्दै आएका छन । यसैगरि मोहित अवस्थीले ३.९२ जिपिए हाँसिल गरेका छन । अघिल्लो वर्ष विज्ञान समूहमै कैलाली मोडेका विद्यार्थी निराजन पाण्डेयले ३.९२ जिपिए ल्याउँदै सुदूरपश्चिम प्रदेश भरीमै प्रथम भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ को कक्षा १२ को वार्षिक परीक्षामा नास्ट माध्यमिक विद्यालयबाट ६०१ जना विद्यार्थी सहभागी भएकोमा ४१६ जना (६९.२१ प्रतिशत) विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रिन्सिपल उपेन्द्र बलमे दिएको जानकारी अनुसार विज्ञान समूहबाट २८६ जना र व्यवस्थापन समूहबाट १३० जना विद्यार्थी उत्तिर्ण भएका छन ।
विज्ञान समूहका विद्यार्थी कपिल भण्डारीले प्रदेशमै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेसँगै व्यवस्थापन समूहमा पनि दुई जना विद्यार्थी उत्सव अग्रवाल र रोशनी रावलले पनि उत्कृष्ट नतिजा हाँसिल गरे । उनीहरुले ३.८६ जिपिए प्राप्त गरेका छन । नास्ट माध्यमिक विद्यालयमा ३.६१ देखि ३.९५ जिपिए ल्याउने विद्यार्थी संख्या ४२ रहेको छ ।











