धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीका बीच झगडा हुद एक कैलिबन्दीको मृत्यु भएको खबर छ । कारागार भित्रै आपसी झगडा हुँदा एक जनाको मृत्यु हुनुकासाथै ४७ कैदीबन्दी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार घाइते भएका कैदीबन्दीहरूको सेतिप्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका कैदिबन्दीको शव पनि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको । झगडाको कारण भने अनुसन्धानबाट खुल्ने प्रहरी नायब उरीक्षक सिंहले बताए ।
कैलाली जिल्ला कारागारमा पछिल्लो एक महिना यता निरन्तर जसो कैदीबन्दीका बीच आपसी झगडा हुँदै आएको छ । शुक्रबार बिहान मात्रै ठूलो आपसी लफडालाई जिल्ला प्रमुख अधिकारी गोगनबहादुर हमाल गएर मिलाएका थिए । प्रमुख जिल्ला अधिकारीले आफूहरूले समस्या समाधान गरिसकेको र केही सुरक्षा व्यवस्था कडा गरेको बताए पनि ठूलो क्षतिसहितको झगडाले कारागारमा सुरक्षाको चुनौती देखिएको छ ।
समूहगत झगडाले गर्दा अरु कैदीबन्दीहरूले पनि पीडा खेप्नु परिरहेको छ । झगडाका बिषयमा थप जानकारी भने आउन बाँकी रहेको छ।











