गन्यापधुराले गर्‍यो पुँजीगत तर्फ ३७ करोड ३३ लाख रकम खर्च

Image
गन्यापधुरा गाउँपालिकाको मुकाम वडा नं. २ को गणेशपुर बडाल । तस्बिरः पुष्कर भण्डारी

डडेल्धुरा । गन्यापधुरा गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत तर्फ ३७ करोड ३३ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । जुन ७७.४२ प्रतिशत हुन आउछ । सोमबार वार्षिक समिक्षा कार्यक्रमकाको आयोजना गरि गन्यापधुराले गत वर्षको खर्च विवरण सार्वजनिक गरेको हो । ४८ करोड २२ लाख ३७ हजार वार्षिक बजेट रहेकोमा ४४ करोड ३५ लाख ५३ हजार रुपैयाँ निकासा भएको प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले जानकारी दिए ।

उनका अनुसार गत वर्षको चालुगत खर्च २३ करोड ४४ लाख चार हजार रुपैयाँ भएको छ । संघिय सरकारबाट चालु तर्फ शसर्त अनुदान १५ करोड २८ लख ४८ हजार रुपैयाँ प्राप्त भएकोमा १४ करोड १२ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै पुँजीगत तर्फ शसर्त अनुदान पाँच करोड ८७ लाख २२ हजार प्राप्त भएकोमा पाँच करोड ८५ लाख ९६ हजार खर्च र बिषेश अनुदान ८० लाख प्राप्त भएकोमा कबिर ५७ लाख १७ हजार खर्च भएको छ । समानीकरण अनुदान सात करोड ६८ लाख प्राप्त भएकोमा पाँच करोड २८ लाख ६९ हजार खर्च भएको छ ।

यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ६२ लाख ३२ हजार प्राप्त भएकोमा ५४ लाख ६ हजार खर्च, शसर्त अनुदान पुँजी तर्फ प्राप्त भएको पाँच एक करोड ७७ लाख ८५ हजार प्राप्त भएकोमा एक करोड ७१ लाख ५० हजार खर्च भएको छ । यस वर्ष गाउँपालिकाले ५२ लाख ५४ हजार राजस्व संकलन गरेको छ ।