डडेल्धुरा । संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डडेल्धुरा अस्पताल ५०० सैय्याको हुने गरि सम्झौता गरिने बताएका छन । बिहिबार डडेल्धुरा अस्पतालमा हेमोडायलासिसको उद्घाटन गर्दै मन्त्री पौडेलले संघिय अस्पताल पाँच वर्षमा ५०० सैय्याको बनाउने गरि सम्झौता हुने बताए ।
म आउदा ओएण्डएमका लागि मन्त्रालयमा १५ हजार फाईल थिए । उनले भने, एकै पटक गर्न नसकिने । १५ हजारबाट साढे १२ हजारमा घटाईयो । एक वर्षमा दुई हजार ५०० गर्ने गरि पाँच वर्षमा सबै गर्ने लक्ष्य लिईएको छ । पाँच वर्षमा डडेल्धुरा अस्पताल ५०० सय सैय्याको हुन्छ । कुनै पनि संघिय अस्पताल ५०० सैय्याभन्दा तलको नहुने उल्लेख गर्दै मन्त्री पौडेलले डडेल्धुरा अस्पताल संघिय अस्पताल भएकाले यसको पनि ५०० सैय्याको ओएण्डएम हुने बताए ।
दक्ष जनशक्तिको सवालमा उनले गएको वर्ष अस्थाई दरबन्दि धेरै मेहनत गरेर स्वीकृत गराएको बताए । ३०० सैय्याका अस्पतालका लागि दरबन्दि स्वीकृत भईसहेको उनले जानकारी दिए । यो वर्ष दुई हजार १०२ जनाको ओएण्डएमको प्रश्ताव हामिले गरेका छौ । उनले भने, त्यसमा डडेल्धुरा अस्पताल पनि छ । त्यसैले त्यो ओएण्डएम भयो भने स्थाईमा परिणत हुन्छ ।
गत माघ महिनामा हेमोडायलासिस सेवा उपलब्ध गराउदै आएको डडेल्धुरा अस्पतालमा औपचारिक सेवा मन्त्री पौडेलले उद्घाटन गरेका हुन । संघिय अस्पताल भएपनि डडेल्धुरा अस्पतालमा दरबन्दिका चिकित्सकको पदपूर्ती हुन सकेको छैन । १७ जना बिषेशज्ञ चिकित्सकको दरबन्दि भएपनि हाल एक जनामा बिषेशज्ञ चिकित्सक दरबन्दिको नरहेको अस्पतालका चिकित्सक नरेन्द्र खनालले जानकारी दिए । उनका अनुसार छात्रबृत्तिका चिकित्सक भने हाल अस्पतालमा रहेनु भएको छ । दक्ष जनशक्तिको अभावमा उपचार सेवा दिन नसकेको उनले गुनासो गरे ।












