नवदुर्गाको चौडमा जिप दुर्घटनाः मृतक चारै जनाको सनाखत

Image
फाईल तस्बिर

डडेल्धुरा । जिल्लाको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुदा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाईते भएका छन ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षिय शुरेस साउद, २३ वर्षीय शुरेस पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।

यसैगरि घाईते हुनेहरुमा वडा नं. ५ कै १८ वर्षीय शुसिला बि.क., ४४ वर्षीय प्रकाश बि.क., ४८ वर्षीय चन्द्र बहादुर साउद, ३५ वर्षीय राम बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र वर्ष ४ की प्रतिका पार्की रहेका छन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका ईन्सपेक्टर डम्बर बिष्टका अनुसार बिहिबार बिहान करिब ८ः०० बजेको समयमा से १ज ७३८ नं. को जिप दुर्घटना भएको थियो । ठाँटा बजारबाट जिल्ला सदरमुकाम डडेल्धुरा आउदै गरेको जिप कच्चि सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन ।