डडेल्धुराको बागबजारमा गौरा महोत्सव सुरु

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको बागबजार स्थित बसपार्कमा बुधबार देखी “राष्ट्रिय गौरा महोत्सव २०८२” को आयोजना गरिएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा महोत्सवको आयोजना गरिएको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराका कार्यबहाक अध्यक्ष रमेश प्रसाद जोशीले जानकारी दिए ।

बुधबार दिउसो औपचारिक रुपमा महोत्सवको उद्घाटन अमरगढी नगरपालिकाका नगर प्रमख डिल्लीराज जोशीले पानसमा दिप प्रज्वलन गरि गरे । बसपार्क माथि रहेको राधाकृष्ण मन्दिरबाट गौरा, महेश्वरलाई फाग गाउदै महिलाहरुले बागबजारको जोगेनीथानमा पूजाआजा गरि बसपार्कमा गौरा र बालो नाच प्रदर्शन गरेका थिए ।

महोत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्ला सहित कर्णालीको कालिकोट जिल्लाबाट समेत डेउडीया कलाकारहरुको सहभागिता रहने उहाँले बताउनुभयो । अध्यक्ष भट्टका अनुसार महोत्सवमा गौरानाच, बालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष डेउडा जस्ता यहाँका कला–संस्कृती समेटीने गरि सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने छन । महोत्वसमा डेउडा खेल खेल्ने डेउडीयाहरुलाई खादा प्रमाणपत्र सहित नगद धनराशीले सम्मान गरिने छ । उनले भने, आफ्नो धर्म संस्कृतिको जर्गेना तथा स्थानीय कला संस्कृतीको सम्मान र युवापिढीमा परम्परा हस्तान्तरण होस भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

सपार्कमा केही वर्ष यता निरन्तररुमा महोत्सवको आयोजना गरिदै आएको छ । भदौ २१ गते चार दिनसम्म आयोजना गरिएको महोत्सवमा अरुभन्दा पनि युवा देखि बुढापाकाहरु डेउडा खेलमै रमाउने गरेको देख्न सकिन सकिन्छ ।

महोत्सवले स्थानीय कला संस्कृती युवा पुस्तामा हस्तान्तर हुनुका साथै पर्यटनको आकर्षण बन्न सक्ने नगर प्रमुख जोशीले बताए । पर्यटनको विकासका लागि स्थानीय कला संस्कृतीको जगेर्ना गर्दै प्रचार प्रसार र सम्बद्र्धन प्रवद्र्धन गर्नमा सबैले लाग्नु पर्ने उनको भनाई थियो ।