डडेल्धुरा । नेपाल निजामती कर्मचारी युनियनले अस्पतालमा उपचार गराईरहेका विरामीहरु लाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको छ । निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति डडेल्धुराले डडेल्धुरा अस्पतालमा उपचार गराई रहेका विरामीहरु लाई फलफूल वितरण गरि बिहिबार आफ्नो २३औं स्थापना दिवस मनाएको हो ।

निजामती कर्मचारीहरुको हकहितका लागि वकालत र पैरवि गर्दै आईरहेको निजामती कर्मचारी युनियनले आफ्नो स्थापना दिवस २०८२ को अवसरमा डडेल्धुरा अस्पतालमा उपचार्थ भर्ना भएका विरामीहरुलाई फलफूल वितरण दिवस मनाएको युनियनका अध्यक्ष रणेन्द्र सिंहले जानकारी दिए ।











