प्रहरीको गोली लागेर प्रदर्शनकारी एक जेनजीको मृत्यु

Image

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । मृतकको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।