डडेल्धुरा । नवदुर्गा गाउँपालिका–५ को वडा कार्यालयमा आगजनी गरिएको छ । हिजो राति करिब ११ बजेतिरको समयमा भएको आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन् । वडा अध्यक्ष प्रेम सिंह ऐरका अनुसार आगजनी कसले गरेको हो भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
‘अचानक कार्यालयमा आगो लाग्दा कागजपत्रदेखि कार्यालयमा प्रयोग भइरहेका सामग्री जलेर नष्ट भए,’ उनले भने। उनका अनुसार कार्यालयमा रहेका दैनिक प्रशासनिक कामका कागजात जलेर नष्ट हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएको छ । आगलागि बारे सुरक्षा निकायलाई जानकारी गराएको उनले बताए ।











