डडेल्धुराका विद्यालय खुले, कार्यालयमा भएको क्षतीको विवरण संकलन गरिदै

Image

डडेल्धुरा । जेनजी प्रदर्शनले उग्र रुप लिएपछि २४ गतेदेखी बन्द भएका विद्यालयहरु आईतबार देखी संचालनमा आएका छन । २४ गते प्रदशर्नकारीले केही सरकारी, गैरसरकारी कार्यालय र पार्टी कार्यालयहरुमा आगजनी, तोडफोड गरेपछि अपरान्हदेखि जिल्ला सदरमुकाम क्षेत्रमा प्रदर्शन् कारीलाई अश्रुग्यासले तितर वितरपारी कर्फ्यु आदेश जारी गरिएको थियो । शुक्रबार राती देशले पूर्व प्रधानन्यायधिस शुसिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका रुपमा प्रधानमन्त्री पाएपछि शनिबार बिहानै देखि कर्फ्यु हटेको थियो ।

जनजीवन सामान्य बन्दै गएपछि सामुदायीक तथा निजी विद्यालयहरु आईतबार देखी संचालनमा आएका हुन । प्रदर्शनकारीले डडेल्धुराको अमरगढी नगरपालिका, आन्तरिक राजस्व कार्यालय, मालापोत कार्यालय, जिल्ला निर्वाचन आयोग गरि सरकारी कार्यालयहरु र ग्रामिण महिला विकास केन्द्र (रुडुक), बहुउद्देशीय विकास समाज (एमपिडिएस) गैरसरकारी कार्यालय, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र पार्टीका पार्टी कार्यालयहरु र सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काको घरमा आगजानीका साथै भाडामा रहेका पार्टी कार्यालयका सामाग्रहीहरु बाहिर ल्याई जलाईएका थिए ।

नाराबाजीबाट सुरु भएको प्रदर्शनले तोडफोट र आगजनी गर्दै उग्र रुप लिएपछि जिल्ला सदरमुकाम बागबजार, तुफानडाडा र किर्तिपुर बजार क्षेत्र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार प्रहरीले क्षती पुगाईएका कार्यालयहरुको मुचुल्का उठाई सकेको छ । कार्यालय भित्रका सामाग्रीहरु जलाई नष्ट गरिएकोल सम्बन्धित कार्यालयसंग नष्ट भएका सामाग्रीहरुको विवरण संकलन गरि पूर्ण क्षतीको विवरण संकन गर्ने काम भईरहेको उनले बताए ।

जेनजीको आन्दोलनका नाममा केही राजनितीक पार्टी र समाजका अगुवा भन्नेहरुले कार्यालयहरुमा तोडफोड, आगजनीसंगै चोरीसमेत गरेका भिडियो, तस्बिरहरु बाहिरिएको भन्दै चोरीका सामाग्रीहरु फिर्ता गर्न एपिडिएसका कार्यकारी निर्देशन प्रेम महरले आग्रह गरेका छन । कोही कसैलाई क्षती हानि वा नोक्सान पुगाउने आफुहरुको कुनै लक्ष्य, योजना नभएको उल्लेख गर्दै उनले सामाजिक संजाल मार्फत आफुहरुलाई तार्गेट बनाई कार्यालयमा नोक्सान पुगाईएको देखिएकाले चोरीका सामानहरु फिर्ता गर्न उनले आग्रह गरेका छन ।