डडेल्धुरा । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि भागेका ८५ जना कैदीबन्दीहरु मध्ये आईतबार सम्म ७८ जना पक्राउ परेका छन । भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु र्लाई नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेको छ । १२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानरी दिए ।
नेपाल प्रहरीले आईतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै बिहान ९ः०० बजेसम्म ७८ जना कैदीबन्दी पक्राउ गरेको जनाएको छ । हाल कारागारमा १२० जना कैदिबन्दी पुगेका छन । फरार रहेका ७ जनाको खोज तलास गरिरहेको प्रहरी जनाएको छ ।











