डडेल्धुरा । पर्यटकिय क्षेत्रका रुपमा भौतिक संरचना निर्माण गरि अलपत्र अवस्थामा रहेको प्राकृतिक डाडो कस्या टाकुरो क्षेत्रमा इसाई जावनले सरसफाई गरेका छन । करिब आधा करोड खर्च गरि अलपत्र अवस्थामा रहेको कस्या टाकुरो क्षेत्रमा यहाँका इसाइ धर्मामलम्बि जवानहरुले सरसफाई गरेका हुन ।
कस्या टाकुरो जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारभन्दा माथिको अग्लो डाडो हो । यहाँबाट जिल्ला सदमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांस भु–भागसंगै महाभारत पर्वत श्रृंखलालगायत डोटी, आछाम, बैतडी र भारतको उत्तराखण्डका विभिन्न स्थानको नांगो आखाले मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

“हरेक दिन, फुर्सद निकालौ एक छिन” भन्ने नारासहित सरसफाई अभियान संचालन गरिएको इसाइ जवान गणेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार कस्या टाकुरो क्षेत्रमा गरिएको मानविय फोहोर र झारपात संकलन गरि जलाईएको छ । परमप्रभु परमेश्वरले मानिसलाई अदानको बगैँचामा लानुभई त्यसको गोगाड र हेरचाह गर्न राख्नुभयो । उत्पत्ति २ः१५ पबित्र बाईबलमा उल्लेख महाव वाक्यको अनुसरण गर्दै सरसफाई अभियान संचालन गरिएको उनले बताए ।
प्लाष्टिक जन्य र प्राकृतिक रुपमा पलाएको झाडीको सरसफाई गरिएको र अब कस्या डाडोमा प्रवेश गर्ने बाटोमा निर्माण गरिएको फलामे गेटमा रंग रोगन गरिने श्रेष्ठले बताए । कस्या टाकुरो क्षेत्रलाई प्राकृति दृष्यवलोकनका लागी उड्यानका रुपमा विकास गर्न अमरगढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा पहिलो पटक ७२ लाख रुपैया बराबरको बोलपत्र आह्वान गरि केही पक्कि सिंढी, पर्खाल, रेलिंग लगाएको थियो । त्यस अघि उपभोक्ता समिति मार्फत नगरपालिकाले नै ५० हजार रुपियाँ खर्च गरि बाटोको खाका निर्माण गरेको थियो ।
त्यस यता कस्या टाकुरो क्षेत्र अलपत्र छ । निर्माण गरिएका भौतिक पूर्वाधारका संरचना जिणए बन्दै गएका छन । अवलोकन कर्ताहरु यहाँसम्म पुग्ने गरेपनि सडक क्षेत्रमा पार्किंग, डाडो क्षेत्रमा बस्न, थकान मेट्न टहरा, चमेना गृह तथा शौचालय नहुदा हैरानी खेप्नु परेको छ ।
सदरमुकाम भन्दा १२ किलो मिटर उत्तर तर्फ महाकाली राजमार्ग संगै जोडिएको कस्या डाँडोलाई धार्मिक एवं दृष्यावलोकन र बनभोज स्थलका रुपमा विकसित गर्न भौतिक पूर्वाधारको काम गरिए पनि २०७८ यता निर्माण गरिएका भौतिक पूर्वाधारहरु जिर्ण बन्दै गएका छन ।
कस्या डाँडो समुद्रि सतह देखि ६ हजार ५ सय फिट भन्दा बढी उचाईमा रहेको छ । सदरमुकाममा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लाको उचाई समुद्रि सतह देखि ६ हजार ५ फिट मात्रै रहेको छ भने कस्या डाँडो माथीबाट अमरगढी किल्लालगायत अन्य थुप्रै स्थानको दृष्य देखिने भएकोले यो भन्दा बढि नै उचाई छ ।
डडेल्धुरामा जिवित सताब्दियौ पुराना धार्मिक तथा ऐतिहासिक स्थानका रुपमा अजयमेरु कोट, अमरगढी किल्ला, उग्रतारा मन्दिर आदीलाई लिईने गरेको छ । प्राचिन कालमा कस्या टाकुरोमा राजकोट नै रहेको स्थानिय केशव भण्डारीको भनाई छ ।
टाकुरोमा भौतिक पूर्वाधार निर्माणका क्रममा ढुङ्गाको एउटा ओखल, एउटा सिलाउटो र माटोको गांग्राको एउटा टुक्रा भेटिएको थियो । यसले पनि यहाँ कुनै कालखण्डमा मानव वस्ति रहेको हुनसक्ने उनले बताए । ईतिहास केलाई यथार्थ जानकारी गराउने गरी अभिलेख राख्न सके एवं दृष्यावलोकनको क्षेत्रका रुपमा सम्बद्र्धन गरी प्रबद्र्धन गर्न सके कस्या डाँडोलाई पर्यटकिय क्षेत्रका रुपमा विकसित गर्न सकिने उनको भनाई छ ।
डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको बोल्याबाँझ मोडबाट कस्या टाकुरोमा पुग्न करिब १५ मिनेटको पैदल उकालो चढ्नु पर्छ । भौतिक पूर्वाधारका संरचना निर्माणभए पछि बिहान सुर्याेदय र बेलुकी सुर्यास्तको दृष्य मनमोहक हुने भएकाले अवलोकनकर्ताको संख्यामा बृद्धि हुदै गएको थियो ।
तर पछिल्ला वर्षहरुमा आवश्यक अन्य भौतिक पूर्वाधारका संरचना निर्माण हुन नसक्दा अवलोकन गर्नेहरु घट्दै गएका छन भने निर्माण गरिएका भौतिक पूर्वाधारका संरचनाहरु जिर्ण हुदै गएको उहाँको भनाई छ ।











