जेसीज डडेल्धुराले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनाउदै

Image

डडेल्धुरा । जेसीज डडेल्धुरा शाखाले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि जेसीज सप्ताह मनाउन थालेको छ । सात दिनसम्म फरक फरक कार्यक्रमको आयोजना गरि जेसीज सप्ताह मनाउन लागेको जेसीज डडेल्धुरा २०२५ का अध्यक्ष मोहन देउवाले जानकारी दिए ।

उनका अनुसार कात्तिक १९ गते बुधबारदेखी २५ गतेसम्म जेसीस सप्ताह मनाईने छ । बुधबार सुदूरपश्चिमको सुप्रशिद्ध उग्रतारा भगवती मेला देहिजाँतमा निःशुल्क शुद्ध पिउने पानी वितरण गर्दै सप्ताहको शुरुवात गरिदै छ । उग्रतारा मेलामा पानी वितराण पछि बिहिबार मन्दिर परिसर क्षेत्रमा सरसफाईसमेत गरिने उनले बताए ।

यसैगरि शुक्रबार जिल्ला सदरमुकामको माउन्टेन माविमा बक्तृत्वकला प्रतियोगिता, शनिबार जिल्ला प्रहरी कार्यालयमा ब्याटमिन्टन प्रतियोगिता, आईतबार महेन्द्र माविमा लागु औषध दुव्र्यसनी सम्बन्धि जानकारी मुलक कार्यक्रम, सोमबार गन्यापधुरा गाउँपालिका वडा नं. १ मा निःशुल्क आँखा जाँच शिविर र मंगलबार नेपाल रेडक्रस सोसाइटीले संचालनमा ल्याएको ब्लड बैंकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने उनले बताए ।

आउदो मंगलबार जेसीज डडेल्धुरा शाखाको कार्यालय उद्घाटन गरि जेसी सप्ताहको समापन गरिने उनले बताए ।