दुई हप्ता पानी पर्ने सम्भावना छैन

Image

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसमविद् विनोद पोखरेलका अनुसार आउँदो दुई हप्तासम्म नेपालमा पानी पार्ने गरी कुनै प्रणाली भित्रने सम्भावना देखिएको छैन ।

बंगालको खाडीमा चक्रवात विकास हुँदै गरेका भए पनि त्यसले झन् पश्चिमी वायुलाई रोक्ने सम्भावना देखिएको उनले प्रक्षेपण गरेका छन् ।

‘आउँदो दुई साता देशभरको मौसम घमाइलो नै हुनेछ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा प्रदूषण बढ्न थालेको छ। त्यस्तै वन डढेलोका घटनामा पनि बढोत्तरी आएका छन् ।

मंगलबार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ महाशाखाको भनाइ छ ।