डडेल्धुरा । जिल्लाको पूर्वी उत्तरमा रहेको नवदुर्गा गाउँपालि चमागाउँमा अवस्थित प्रसिद्व धार्मिक स्थल समैजी देवताको पूजा आज राती हुदै छ । भोली दिउसो मेला लाग्ने छ ।
नवदुर्गा गाउँपालिका ५ चामा गाउँमा रहेको समैजी मन्दिरमा आज शनिबार राति रतेडी र आइतबार दिउसो दिउसेडी मेला हुने स्थानीय युवा सुरेन्द्र विष्टले जानकारी दिए ।
नवदुर्गाको समैजी मेला हेर्न डडेल्धुरासहित छिमेकी जिल्ला डोटी, बैतडी र बझाङबाट हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गरेको विष्टले बताए ।
समैजी मन्दिर रहेको चामा क्षेत्रलाई देवताको राजधानीको रुपमा लिने जनविश्वास रहेको छ । समैजी देवताको मेलालाई शान्तिपूर्ण सभ्य र भव्य रुपमा मनाउन सबै श्रद्धालु भक्तजनमा मेला व्यवस्थापन समितिले आग्रह गरेको छ ।
मेलामा चौलो र देवताका धामीहरुको नाचलाई मुख्य आकर्षणका रुपमा लिईन्छ । समैजी मेलामा नै त्यो क्षेत्रका नयाँ धामीलाई सच्याउने परम्परा रहेको विष्टले बताए ।












