डडेल्धुरा । गए राति निर्वाचन कार्यालय डोटीको जिप दुर्घटना हुदा निर्वाचन अधिकृतसहित पाँच जना घाईते भएका छन । डडेल्धुरा डोटी जोड्ने सेती राजमार्ग अन्तरगत डा.केआई सिंह सडक खण्डको अमरगढी नगरपालिका-११, स्थित रडुवा खोला नजिक जिप दुर्घटना भएको हो ।
डडेल्धुराबाट दिपायल तर्फ जाँदै गर्दा स्कारपियो जिप अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भइ हाल जिल्ला निर्वाचन कार्यालय डोटीमा निर्वाचन अधिकृतका रुपमा कार्यरत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं.गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।












