गैर सरकारी संस्थाका गतिबिधिको सयुक्त अनुगमन गरिने

Image

डडेल्धुरा । जिल्लामा सक्रिय गैर सरकारी संस्थाहरुले गरिरहेका गतिबिधिहरुको सयुक्त अनुगमन गरिने भएको छ । आउदो वैशाख महिना भित्रै गैरसरकारी संस्थाहरुले गरिरहेका गतिबिधिहरुको सयुक्त अनुगमन गर्ने निर्णय गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीको अध्यक्षतामा जिल्लाका क्रियाशिल गैर सरकारी संस्थाहरुको बुधबार बसेको समन्वयात्मक बैठकले यससंगै चालु आर्थिक वर्ष २०८२/०८३ का कार्यक्रमहरुको विवरण १५ दिन भित्र जिल्ला समन्वय समितिलाई बुझाईसक्ने निर्णयसमेत गरिएको छ ।

गैर सरकारी संस्था महासंघ डडेल्धुराका अध्यक्ष शिवराज पाठकका अनुसार बैठकमा जिल्ला समन्वय समितिको् समिक्षा बैठक अगाडी नै सबै गैर सरकारी संस्थाहरुको प्रभावकारिता सम्बन्धि बृहत छलफल गरिने छ । उनका अनुसार आगामी दिनमा गैर सरकारी संस्थाहरुका गतिबिधि सुधारका लागि क्रियाशिल सबै संस्थाहरुको सहयोगमा छलफल गरिने छ ।

बुधबारको बैठकबाट आगमी दिनमा गैर सरकारी संस्थाहरु बिच आवश्यक समन्वय गरि सामाजिक क्षेत्रमा गरिने गतिबिधिसंगै आ आफ्ना कार्यहरु प्रभावकारी ढंगले अघि बढाउने सवालमा व्यपाक छलफल गरिएको उनले जानकारी दिए ।