उखु खेती गरि गुड उत्पादन तर्फ आकर्षित ग्रामिण भेगका किसान

Image
परशुराम नगरपालिका–८ जमरानी गाउँमा मिल स्थापना गरि गुड उत्पादन गर्दै स्थानीय । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । ग्रामिण भेगका किसान उखु खेती गरि गुड उत्पादन तर्फ आकर्षित भएका छन । गुड बनाएर वर्र्षौसम्म बिक्रि गर्न सकिने र बजारमा उत्पादति गुडभन्दा गाउँघरमा उत्पादन हुने गुड स्थानीयको रोजाईमा पर्ने भएकाले ग्रामिण भेगका किसान उखु खेती गरि गुड उत्पादन तर्फ आकर्षित भएका हुन ।

तरकारी लगायत अन्य नगदे बाली जस्तो उत्पादन भएका बेला धेरै उत्पादन भई माग कम हुदा बजार नपाउने समस्या गुड उत्पादनमा छैन । तरकारी उत्पादन भएको एक–दुई दिनमै कुहिने समस्या उखु खेतीमा नभएकाले गुड उत्पादनले किसानलाई राम्रो मुनाफा दिन थालेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए । उत्पादन गरेको गुड सामान्य रुपमा घर भित्रै राखेर केही वर्ष पछिसम्म बिक्रि गर्न सकिने भएकाले उखु खेती र गुड उत्पादनमा विभिन्न अनुदानका कार्यक्रम कृषि ज्ञान केन्द्रले दिदै आएको उनकाले भनाई छ ।

बुवाबाजेले परम्परागत रुपमा उखु खेती गरि घरेलु गुड उत्पादन गर्दै आईरहेको पेशालाई आधुनिक उद्योगको रुपमा स्थापना गरि गुड उत्पादन गरिरहेको परशुराम नगरपालिका–८, जमारनी गाउँका युवा नरेन्द्र बिष्टले बताए । उनले गाउँमै उखु मिल जडान गरि गुड उत्पादन उद्योग स्थापना गरेका छन ।

बुवाबाजेले गर्दै आएको परपम्परालाई मैले आधुनिक रुपमा अगाडी बढाएको हु । उनले भने, यस गाउँमा हामि वि.सं. २०३२ सालमा आएको भन्ने छ । त्यो बेलादेखि नै गोरुले घुमाएर उखु पेल्ने कोलु गाउँमा थियो । एक दिनमा दुई–तीन ताउला अर्थात दुई–तीन सय लिटर मात्रै उखुको रस निस्कन्थ्यो । झन्झटिलो थियो । अहिले डिजेलबाट संचालन हुने मेसीन जडान गरि उखु पेल्दै आएका छौ । एकै दिनमा हजारौ लिटर उखु पेल्न सकिन्छ । सहज भएको छ ।

उखु पेल्ने मेसीन, गुडा बनाउन पकाउने भाडा वर्तन, मेसीन राख्ने टहरो बनाउदा करिब १० लाख रुपियाँ लगानी भएको उनको भनाई छ । यसमा परशुराम नगपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्र डडेल्धुराको ५० प्रतिशत अनुदान रकम सहयोग रहेको उनले जानकारी दिए ।

मैले आफैले करिब पाँच रोपनी उखु खेती गरेको छु । विस्तारै बढाउने योजना छ । उनले भने, यहाँका अन्य किसानले पनि उखु खेती गर्दै आएका छन । जोगबुडा लालढुंगालगायतका बजारबाट गुडको माग आउने भएकाले बिक्रि गर्न हालसम्म समस्या भएको छैन ।

विगत दुई वर्ष यता उखु मिल जडान गरि गुड उत्पादन गर्दै आएकाले अबका वर्षहरुमा गुड उत्पादन बढ्दै गए बजारको पनि खोजी गर्नु पर्ने उनको भनाई छ ।

परशुराम नगरपालिका–६, तातापानी की व्यवसायीक किसान चित्रादेवी सिंहले गत वर्ष देखि करिब १२ रोपनी जमिनमा उखु खेती गर्दै आकी छन । व्यवसायीक कृषि गर्ने सोच हो । हल्काफुल्का तरकारी लगाउदै आएका छौ । त्यो खानलाई मात्रै हुन्थ्यो । उनले भनिन्, अब व्यवसायीक रुपमै गरौ भन्ने सोचले म अगाडी बढेकी छु । पोहर साल उखु खेती गरेर गुड बनाउन पेल्दा पाँच ताउला भएको हो । रुडुक सस्ंथाले उखु पेल्ने मेसीन दिएर सहयोग गरेको थियो । यस वर्ष झनै बढाएर उखु खेती गरेपछि २० ताउला रस भएको थियो । अहिले आफ्नै बारीमा उखुको बीउ बनाएका छौ । केही बीउ बाहिरबाट पनि खरिद गर्ने हो । १२ बढी रोपनीमा उखु खेती गर्ने सोच छ ।

उनका अनुसार एक ताउलामा करिब ९ किलो गुड बस्छ । २५० रुपियाँ किलोका हिसाबले घरबाटै बिक्रि हुने गरेकाले गुडबाट राम्रो आम्दानी हुने गरेको छ ।

रुडुकले दिएको मेसिन अहिले बिग्रेको छ । उहाँले भन्नुभयो, त्यसबारे आवश्यक ज्ञान नहुदा बिग्रयो । थोरै थोरै पेल्नु पर्ने रहेछ । हामिले दिनभरी नै उखु पेल्दा मेसी बिग्रिएको हो भन्ने अहिले लागेको छ ।

कृषि ज्ञान केन्द्रले आउदो वर्ष ५० प्रतिशत अनुदानमा उखु पेल्ने मेसीन उपलब्ध गराउने जानकारी ज्ञान केन्द्रका प्रमुख पनेरु गाउँमै पुगेर बाले पछि यहाँका किसान खुसी भएको उनले सुनाईन । कार्यालय प्रमुखले आवश्यक प्रक्रिया पुगाएर कार्यालयमा सम्पर्क राख्न भनेपछि मेसी पाउने आशामा तातापानीका स्थानीयहरु छन ।

उनका अनुसार परार सालदेखि तातापानी गाउँका ३२ जना किसानले उखु खेती गर्दै आएको र उखु अनुसार गुड उत्पादन गर्नका लागि बढी क्षमताको मेसीन उपलब्ध भए किसानलाई राहात हुने छ ।