डडेल्धुरा । स्थानीयले घरमै राहादानी पाउन थालेका छन । दुर्गम क्षेत्रका स्थानीयले घरमै राहादानी पाउन थालेपछि पैसा र समयको बचत भएको छ । डडेल्धुराको ग्रामिण क्षेत्र महाकाली नदी विकनारको वस्ति परशुराम नगरपालिका–६ करालीकी निर्मला बोहराले एक दिनको यात्रा गरि जिल्ला सदरमुकाम खलंगामा रहेको जिल्ला प्रशासन कार्यालय पुगेर अनलाइन प्रक्रिया मार्फत राहादानीका लागि दर्ता गराएकी थिईन । शुक्रबार उनले घरमै राहादानि पाईन । घरमै राहादानि पाउदा खुसि लागेको नले बताईन । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले हुलाक मार्फत राहादानि उनको घरमा पुगाएको हो ।
करालीबाट करिब दुई हजार रुपियाँ गाडी भाडा मात्रै तिरेर एक दिनको यात्रा गरि जिल्ला प्रशासन कार्यालय पुगेर राहादानि बुझ्दा निकै समस्या हुने थियो । उनले भनिन्, जिल्ला सदरमुकाम पुग्न यात्रा नै लामो हुन्छ । खर्च पनि हुने । यसरी घरमै राहादानि पाउदा खर्च, सयमसंगै कठिन यात्रा गर्नु पर्ने बाध्यता हटेको छ । यसले हामि ग्रामिण दुर्गम भेगका स्थानीयलाई निकै सहज भयो ।
उनी मात्रै नभई सोही गाउँका विक्रम बोहरा, उमेश धामी र अमरबहादुर धामीले पनि राहदानी घरमै पाएका छन । धामीका अनुसार यसअघि राहदानी लिन आफु नै जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने हुन्थ्यो । दुर्गम क्षेत्रका स्थानीयले राहदानी लिन करिब दुई दिनसम्म यात्रा गर्नुपर्ने र पाँच हजारदेखि सात हजार रुपियाँसम्म खर्च व्यहोर्नुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
सरकारले हुलाक मार्फत राहदानीहरु घरघरमै पुगाउने नीति लिएका कारण पहिलो चरणमा हुलाक मार्फत केही राहदानी स्थानीयको घरमै पठाएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए । ‘सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार काम सुरु गरेका छौँ, उनले भने, ‘हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउने कामले निरन्तरता पाउनेछ ।
जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा २७५ जनाको घरमै राहदानी पठाएको छ । एक साता अघि हुलाक मार्फत पठाइएका राहदानी सम्बन्धी व्यक्ती वा उनका परिवारका सदस्यहरु लाई हुलाकका कर्मचारीले पुगाउने काम गरिरहेको जिल्ला हुलाक कार्यालय डडेल्धुराका कार्यालय प्रमुख विजयराज ओझाले बताए ।
उनका अनुसार जिल्लाका सात वटै स्थानीय तहहरुमा ईलाका हुलाक कार्यालयहरु रहेका छ । जिल्ला हुलाक कार्यालयले ईलाकामा राहादानि पठाए पछि ईलाका हुलाक कार्यालयका कर्मचारीले स्थानीयका घरमै राहादानि पुगाउन थालिएको हो ।
हुलाकमार्फत घरमै राहदानी वितरण सेवा सुरु भएपछि नागरिकलाई सहजता हुनुकासाथै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख ओझाको भनाई छ ।















