डडेल्धुरा । निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा रामबहादुर विष्ट निर्विरोध चयन भएका छन् । संघको १३औँ साधारण सभा तथा १०औँ अधिवेशनबाट विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचन समितिका अनुसार आइतबार सम्पन्न निर्वाचनमा सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा सन्तोषकुमार खड्का, द्वितीय उपाध्यक्षमा टेकबहादुर साँउद, महासचिवमा सुरेश पाण्डेय, सचिवमा ज्ञानसिंह बुढाऐर र कोषाध्यक्षमा संजिव विष्ट चयन भएका छन् ।
त्यस्तै खुला सदस्यतर्फ बलराम पनेरु, तारादत्त पनेरु, लोकराज भट्ट र बिमल कुमार कार्की निर्वाचित भएका छन् । महिला सदस्यमा इश्वरी देवी ओली, जनजाति सदस्यमा राजबहादुर थापामगर चयन भएका छन् ।
अन्य सदस्यहरूमा मानसिंह घर्तीमगर, दिलबहादुर बापा, राजबहादुर बोहरा, चन्द्रदेव बोहरा, गणेशबहादुर विष्ट, हर्कबहादुर बोहरा, यक्षराज पाण्डेय र तिलकबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।















