डडेल्धुरा अस्पतालको निर्णय विपरित हाजिर लगाउदै कर्मचारी

Image

डडेल्धुरा । बिषेशज्ञ चिकित्सकको पद पूर्ती कहिल्यै नहुन सकेको डडेल्धुरा अस्पतालमा करार कर्मचारीको विवाद बेला बेला चुलिने गरेको छ । संघिय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै डडेल्धुुरा अस्पताल भए पनि बिषेशज्ञ चिकित्सकको पदपूर्ती कहिल्यै हुन नसक्दा दुर्गम पहाडी भेगका गरिब जनता डडेल्धुरा बाहिरका ठूला अस्पताल पुगेर महंगो उपचार गाराउन बाध्य छन ।

गत चैत ३० गते अस्पताल प्रशासनले एक सुचना जारी गर्दै २०८३ वैशाख १ गतेदेखि मिला हुन नसकेर करार सेवामा कार्यरत कर्मचारीहरु लाई हाजिर नगर्न अनुरोध गरेको थियो । गत चैत ५ गते भएको निर्णय अनुसार पद मिलान हुन नसकेका कर्मचारीहरुका लागि अस्पताल प्रशासनले आवश्यक प्रक्रिया अघि बढाउन प्रयासर रहेको व्यहोरा जानकारी गरिन्छ भन्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्टको हस्ताक्षरसहित सुचना जारी गरिएको थियो । तर अहिलेसम्म आईपुग्दा कर्मचारीहरु हाजिर लगाई काम गरिरहनु भएको छ ।

अस्पताल प्रशासनले हालसम्म पद मिलान हुन नसकेका के कती कर्मचारीहरु छन, कहि कतै खुलाएको छैन । कर्मचारीहरुको विवरण नखुलाईए पछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारी व्यवस्थापन सम्बन्धी विवादपछि विस्तृत विवरण माग गरेको छ । प्रशासनले बिहीबार अस्पताललाई पत्र पठाउँदै दरबन्दी, करार नियुक्ति र हटाइएका कर्मचारीसम्बन्धी सम्पूर्ण विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रशासकीय अधिकृत लक्ष्मण बरालद्वारा हस्ताक्षरित पत्रमा अस्पतालको स्थायी स्वीकृत दरबन्दी, अस्पताल विकास समितिबाट स्वीकृत दरबन्दी तथा करारमा नियुक्त कर्मचारीहरूको विवरण माग गरिएको छ । साथै, बिना दरबन्दी नियुक्त गरिएका कर्मचारीहरूको सूची र २०८३ वैशाख १ गतेदेखि हटाइएका कर्मचारीहरूको नाम थरसहितको विवरण पनि पेश गर्न भनिएको छ ।

प्रशासन कार्यालयले बिना दरबन्दी कर्मचारी किन र कति भर्ना गरियो तथा हाल किन हटाइयो भन्ने विषयमा स्पष्ट खुलाउन प्रशासनले निर्देशन दिएको छ । हटाइएका भनिएका कर्मचारीहरूले अझै हाजिर लगाइरहेको गुनासो आएको उल्लेख गर्दै सो विषयमा समेत यथार्थ विवरण पठाउन प्रशासन कार्यालय ले अस्पताललाई भनेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार मेसु अस्पताल बाहिर रहेकाले अहिले यस बिषयमा कुनै कार्वाही अघि बढेको छैन । करारका कर्मचारी हटाए अस्पतालमा का मगर्ने आवश्यक जनशक्ति पुग्दैन । उहाँले भन्नुभयो, यो बिचमा म पनि अस्पताल बाहिर थिए । केही दिन अघि मात्रै अस्पताल पुगेको छ । मेसु डा. सुधा देवकोटा वैशाख ७ गते अस्पताल पुग्ने खबर थियो । उहाँ उपस्थित भएपछि आवश्यक कार्वाही अघि बढाईने छ ।