दशक अघि खनिएको स्याउले–दगोडा–मालम कृषि सडक अलपत्र

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसंग जोड्ने कृषि सडक निर्माण योजना अलपत्र परेको छ । व्यवसायीक रुपमा कृषि गर्दै आएका किसानको फसल बजारसम्म पुगाउन एक दशक अघि स्याउले–दगोडा–मालम सडक खनिएको थियो । २०७० सालमै दगोडा र मालम गाउँलाई स्याउले चोकसंग जोड्ने गरि कृषि सडककाको योजना अघि बढाई केही सडक खनिएको थियो । दगोडा वस्ति मूनीसम्म सडक खनिए पनि यो सडक मालक गाउँसम्म पुगाउन नसक्दा अलपत्र अवस्था रहेको छ ।

एक पटक खनिएको सडकको मर्मत सम्भार नगरिदा गाडी चल्नसक्ने अवस्था छैन । स्थानीय प्रेमबहादुर दियालले भने, सडक मर्मतकालागि वडा अध्यक्षलाई बारम्बार खबर गर्दा पनि एक दशकसम्म हुन सकेको छैन । उनका अनुसार यो सडक खण्डको दुरी करिब एक किमि मात्रै छ । अहिले ठाउँ ठाउँमा भत्किएको छ । भत्किएको ठाउँमा पर्खाल लगाउन र बाह्रै महिना सुचारु गर्न सडक सफाईका लागि वडा अध्यक्षसंग अनुरोध गर्दा गर्दै काम नभएको उनको गुनासो छ ।

उनका अनुसार सुरुमा ५० हजार एक लाख गरि दुई–तीन पटक अमरगढी नगरपालिकाको बजेटले सडकको ट्«याक खोलिएको थियो । त्यस यता सडक सफाई र मर्मत गर्न बजेट हालिएको छैन । वडा अध्यक्ष लोकबहादुर ऐरसंग बजेट माग गर्दा अथवा नगरपालिकाको डोजर लगाई सफाई गर्न बारम्बार आग्रह गर्दा हुन्छ हुन्छ भनी आलटाल गरिएको उनले बताए । ऐर दुई पटक वडा अध्यक्ष भईसकेका छन । उनले उनले भने, एकै व्यक्ती दुई पटक वटा अध्यक्ष हुदा पनि हाम्रो माग व्यवास्था गरियो ।

मालम गाउँका दुई जर्दन बढी घरपरिवार दगोडा क्षेत्रमा सरेर व्यवसायीक रुपमा तरकारी र फलफूल खेती गर्दै आईरहेका छन । यो सडक संचालनमा आउन नसक्दा एक घण्टासम्म पिठ्युमा कृषि उपजका भारी बोकेर उकालो बाटो हुदै स्याउले बजार पुग्नु पर्ने बाध्यता किसानको भएको उनको भनाई छ । दियालले मात्रै यस क्षेत्रको आफ्नो एकलौटी बारीमा एक सय बढी सुन्तला, कागती, पुलमका विरुवा हुर्काईरहेका छन ।

सडक संचालनमा आउन नसक्दा फलफूल र तरकारीले उचित मूल्य नै नपाउने दुःखेसो उनको छ । घरमै खरिद गर्न आउनेले भरियाबाट बोकाउनु पर्ने भएकाले भरीको ज्याला घटाई खरिद गर्दा उत्पादित फलफूल र तरकारीले उचित मूल्य नपाउदा आफुलगायत सबै किसानले मर्का खेप्नु परिरहेको उनको भनाई छ । किसानले उचित मूल्य पाउन नसक्दा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आईरहेका किसान विस्तापित हुदै गएको उनले बताए ।

स्याउले बजार चोक सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने एक मात्रै मुख्य राजमार्ग भिमदत्त राजमार्गमा पर्छ । डडेल्धुराको बागबजारदेखि पुर्वदक्षिण तर्फ तीन किमिको दुरीमा रहेको स्याउले बजार चोकबाट पूर्व तर्फ डोटी, अछाम र बाजुरा जिल्ला जोड्ने डा.केआईसिंह राजमार्ग जोडिएको छ भने उत्तर तर्फ बैतडी, दार्चुला र बझांग जिल्ला जोड्ने राजमार्ग जोडिएको छ । स्याउले चोक भएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोडिने भएकाले मौसम अनुसारका फलफूल र तरकारीको खरिद बिक्रि राम्रै हुने गरेको छ । स्याउने बजारका पसलसंगै खोका छाप्रा र ठेलामा कृषि उपजको व्यापार गरि स्थानीय स्वरोजगार बने पनि व्यवस्थित बजार बसाउन नसकिएको उनको भनाई छ ।

कृषि सडकको स्तरोन्न्ती गरि स्याउनले बजारलाई व्यवस्थित बजार बसाउन सके यस क्षेत्र धेरै किसान र व्यापारीहरुले राम्रो आम्दानी गर्नसक्ने सम्भावना उच्च छ ।