बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका भाट पक्राउ

Image

डडेल्धुरा । बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा दुई वर्ष कैद सजाय तोकेपछि फरार रहेका भागेश्वर गाउँपालिका–३ बस्ने ३० वर्षीय भुवन सिंह भाट पक्राउ परेका हुन्।

भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।