डडेल्धुरामा विश्व हिन्दु परिषद गठन

Image

डडेल्धुरा । वासुदेव जोशीको अध्यक्षतमा विश्व हिन्दु परिषद डडेल्धुरा जिल्ला कमिटि गठन भएको छ । आईतबार विश्व हिन्दु परिषद केन्द्रीय सचिव महेन्द्रराज पन्तको प्रमुख आथित्यमा बसेको भेलाले जोशीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा बिमल जैरु, सचिवमा लक्ष्मीकान्त पनेरु, कोषाध्यक्षमा नेत्र प्रसाद अवस्थी चयन भएका छन् ।

यसैगरी सदस्यमा प्रकाश भाट, श्रीप्रसाद ठाकुर, निरज जोशी, राजेन्द्र पाण्डेय, प्रविन जैरु र दिपकराज जोशी चयन भएको विश्व हिन्दू परिषद सुदुरपश्चिम प्रदेश सचिव टेकराज पनेरुले जानकारी दिए । यसैगरी सल्लाहकारमा दिपक महता, दिपेन्द्र पाल, ईश्वरी प्रसाद जोशी रहेका छन् भने गौरक्ष बिभाग प्रमुखमा तिलक हमाल र जिल्ला संरक्षकमा पण्डित कृष्णदत्त भट्ट रहेका छन् ।

पण्डीत भट्टको अध्यक्षतामा भएको भेलाको संचालन परिषदका सचिव पनेरुले गरेका थिए । कार्यक्रममा बोल्दै परिषदका केन्द्रीय प्रमुख अथिति पन्तले पछिल्लो समयमा धर्मान्तरण बढ्दै गईरहेकाले बैदिक सनातन पक्षहरुले एक जुट हुनु पर्नेमा जोड दिएका थिए ।

हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गर्न, विश्वभर रहेका हिन्दु समाजलाई एकताबद्ध र संगठित बनाउँन, धार्मीक, नैतिक तथा संस्कारयुक्त शिक्षा फैलाउँन, गौ संरक्षण, मठमन्दिर तथा धार्मीक स्थलहरुको संरक्षण र राष्ट्रहित सहित सेवा, सहयोग र सामाजिक सदभाव मार्फत मानकल्याणका कार्यहरु संचालन गर्ने परिषदको प्रमुख उदेश्य रहेको परिषदका सुदुरपश्चिम प्रदेश संगठन सचिव धनुषधारी पाण्डेले जानकारी गराएका थिए ।