गन्यापधुरा गाउँपालिकामा देखियो सबैभन्दा कम बेरुजु

Image

डडेल्धुरा । जिल्लाका सात वटा पालिकाहरु मध्ये सबैभन्दा कम बेरुजु गन्यापधुरा गाउँपालिकामा देखिएको छ । दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका गरि सात वटा पालिका रहेको डडेल्धुरामा गन्यापधुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ को लेखापरिक्षणमा गन्यापधुराको बेरुजु शुन्य दशमलब २९ प्रतिशत आएको महालेखापरीक्षकको ६३औं प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखापरीक्षण गरिएको रकम ९९ करोड सात लाख ७९ हजारमा २८ लाख ९१ हजर रुपियाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।