डडेल्धुरामा धेरै वेरुजु आलिताल गाउँपालिकाको, झण्डै चार करोड

Image

डडेल्धुरा । जिल्लामा सबैभन्दा बढी वेरुजु आलिताल गाउँपालिकामा देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आलितालको तीन करोड ७० लाख एक हजार रुपैयाँ वेरुजु देखिएको छ । महालेखा परीक्षकको ६३औं प्रतिवेदन अनुसार एक अर्व ८ करोड ८६ लाख ८० हजार रुपैयाँको लेखारीक्षण गर्दा यो रकमको ३ दशमलब ४ प्रतिशत वेरुजु देखिएको हो । अघिल्लो वर्षको जिम्मेवारी ९५ लाख २० रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

आलिताल गाउँपालिकाको आय तर्फ संघको अनुदान २६ करोड ७० लाख ८४ हजार, प्रदेश अनुदान १० करोड ६९ लाख ४५ हजार, राजस्व बाँडफाँडबाट नौ करोड २४ लाख २६ हजार, आन्तरिक आय ४१ लाख ६० हजार र अन्य आय सात करोड ६४ लाख ६० हजार गरि जम्मा आय ५४ करोड ७० लाख ७५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

पालिकाको व्यय तर्फ चालु खर्च २६ करोड १२ लाख २४ हजार, पूँजिगत खर्च १९ करोड १९ लाख २४ हजार र अन्य खर्च आठ करोड ८३ लाख ९७ हजार गरि ५४ करोड १६ लाख पाँच हजार खर्चको विवरण प्रतिवेदनमा उल्लेख छ ।