डडेल्धुराका सात पालिकाको वेरुजु ११ करोड ७८ लाख बढी

Image

डडेल्धुरा । दुई नगरपालिका र पाँच गाउँपालिका गरि सात वटा स्थानीय तह रहेको डडेल्धुरामा गत आर्थिक वर्षको वेरुजु ११ करोड ७८ लाख ८३ हजार देखिएको छ । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको ६३औं प्रतिवेदनमा सात वटा पालिकाको वेरुजु रकम यती देखिएको हो ।

जिल्लाको पहिलो नगरपालिका अमरगढीमा यस वर्ष एक करोड १६ लाख ४४ हजार, दोस्रो नगरपालिका परशुराममा एक करोड १९ लाख १३ हजार रुपयाँ देखिएको छ । यसैगरी अजयमेरु गाउँपालिकामा एक करोड ६६ लाख ७२ हजार, भागेश्वर गाउँपालिकामा ९३ लाख ४५ हजार ८९ लाख ३० हजार रुपियाँ वेरुजु महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सात वटा पालिकाहरु मध्ये सबैभन्दा कम बेरुजु गन्यापधुरा गाउँपालिकामा देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ को लेखापरिक्षणमा गन्यापधुराको बेरुजु ०.२९ प्रतिशत उल्लेख छ । लेखापरीक्षण गरिएको रकम ९९ करोड सात लाख ७९ हजारमा २८ लाख ९१ हजर रुपियाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा सबैभन्दा बढी वेरुजु आलिताल गाउँपालिकामा देखिएको छ । आलितालमा तीन करोड ७० लाख एक हजार रुपियाँ वेरुजु देखिएको छ । एक अर्व ८ करोड ८६ लाख ८० हजार रुपियाँको लेखारीक्षण गर्दा यो रकमको ३.४ प्रतिशत वेरुजु देखिएको हो ।