६ वर्षसम्म बन्न सकेन बुडर–जोगबुडा सडकको खप्वाखोला पुल

Image

डडेल्धुरा । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि ६ करोड रकम लागतको पक्कि मोटरेबल पुल ६ वर्ष बितिसक्दा सम्म निर्माण हुन सकेको छैन । जिल्लाको महत्वपूर्ण सडक खण्ड बुडर–जोगबुडाको खप्वा खोलामाथिको पुल निर्माण हुन नसक्दा जोगबुडाबासीलाई सास्ति छ । जिल्लाको करिब आधा जनसंख्या रहेको भित्रिमधेश जोगबुडा क्षेत्रलाई जिल्ला सदरमुकाम र अन्य जिल्लाहरुसंग जोड्ने यस सडक खण्डको खहरे खोलामाथिको पुल ६ वर्षसम्म निर्माण हुन नसक्दा स्थानीयले सास्ति खेप्दै आईरहेका छन ।

दुई स्पाम भएको प्रिस्टेज प्रबिधिमा निर्माण हुने यस पुलको काम करिब आधा निर्माण गरि अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीको लापरवाहीका कारण परशुराम नगरपालिका १२ मा पर्ने खप्वा खोला पुल चार वर्ष यता अलपत्र अवस्थामा छ । दुई पटक म्याद थप गर्दासमेत पुल निर्माणको करिब आधा काम मात्रै भएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ सालमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको जिम्मेवारी पाएको थियो । दुई पटक म्याद थप गर्दासमेत आधा काम सकेहर छड दिईए पनि चार वर्ष अघिदेखि ठप्प गरिएको काम सुरु नगरिएको उनले बताए ।

पछिल्लो पटक २०८२ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भएपनि निर्माण ले काम नै सुरु नगरेको उनले जानकारी दिए । पुल निर्माणका लागि प्रयोग गरिएका छडमा खिया लागेर जिर्ण बनेको र कतिपय सामग्री चोरीसमेत उनले बताए ।

परशुराम नगरपालीकाका लागि प्रमुख सडकका रुपमा रहेको बुडर–जोगबुडा सडक खण्ड अन्तरगत यस खोलामा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका स्थानियहरुलाई वर्षातको समयमा आवतजावतका लागि समस्या हुने गरेको छ ।