डडेल्धुरा । रुखबाट खस्दा डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आईतबार जिल्लाको अजयमेरु गाउँपालिका –१ खतेडाकि शिक्षिका लक्ष्मी भण्डारीको रुखबाट खसेर मृत्यु भएको विद्यालय परिवारले जानकारी दिएको छ ।
३७ वर्षिया भण्डारी घनघस्या मावि खतेडामा कार्यरत रहेको सोहि विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारि दिए । घर नजिकै घाँस काट्न रुखमा चढेकी भण्डारी खरुबाट खसेर शख्त घाईने भईन । उनले भने, उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भयो ।
भण्डारीको गाउँ खतेडा दुर्गम ग्रामिण वस्ति हो । खतेडा बैतडीको पाटन नगरपालिकासंग सिमा जोडिएको क्षेत्र हो । डडेल्धुरा जिल्ला सदरमुकामबाट करिब ३५ किमिको दुरी उत्तर तर्फ रहेको खतेडा पुग्न डडेल्धुरा बैतडी जोट्ने शहिद दशरथ चन्द राजमार्गको अनासार खोली बजारबाट ग्रामिण कच्चि सडक भएर पश्चिम उत्तर तर्फ जानु पर्दछ ।
ग्रामिण भेग यस क्षेत्रका बिरामी एवं चोटपटक लागेका घाईतेहरुले जिल्ला सदरमुकामक तुफानडाडाको डडेल्धुरा अस्पताल पुग्नु पर्ने बाध्यता छ । खतेडाबाट तुफानडाडासम्म आई पुग्न करिब दुई घण्टा समय लाग्ने गरेको लेखापाल भण्डारीले बताए ।












