डडेल्धुरा । अछामको मेल्लेख गाउँपालिकामा आयोजित चौथो अध्यक्षकप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि डडेल्धुराको नवदुर्गा गाउँपालिकाले जितेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नवदुर्गाले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै नवदुर्गाले २ लाख ५१ हजार १०१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
उपाधि जितेर फर्किएको नवदुर्गाको टोलीलाई मंगलबार गाउँपालिकामा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, जिल्ला खेलकुद समितिका अध्यक्ष जगत ऐरलगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेपछि नवदुर्गा गाउँपालिकाले खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै आगामी प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएको छ ।













