नवदुर्गा गाउँपालिकाद्वारा वेसाहारा बालबालिकालाई भत्ता

Image

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले वेसाहारा बनेका बालबालिका लाई भत्ता प्रदान गरेको छ । अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७४, ०७५ देखि गाउँपालिकाले वसाहाा बालबालिकाहरु लाईभत्ता प्रदान गर्दै आएको हो ।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार वेसाहारा बालबालिकालाई जनही एक हजार प्रदान गरिएको हो । उक्त रकमले बालबालिकाहरू लाई थोरै भए पनि सहयोग पुग्ने छ ।

भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान गरिदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ ।