मष्टा भगवती मेला आज, सकिए यस वर्षका मेलापात

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति र धार्मीक परम्पराअनुसार पूजापाठ गरी मनाइने जाँत मष्टा भगवतीको पूजापाठ आज हुदै छ । मष्टा भगवतीको पूूजाआजासंगै यहाँका विभिन्न मठमन्दिरमा हुने पूजाआजा मेला यस वर्ष सकिन्छन ।

प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगतवती मेला देहिजाँतको ठीक एक महिनापछि हुने मष्ठा भगती र नवदुर्गा जाँत विधिवत रूपमा पूजापाठ भएसँगै यहाँका मटमन्दिरहरुमा हुने विभिन्न देवि देवताका मेला सकिन्छन । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।

नवदुर्गा गाउपालिका–१ भाणिवन डाँडामा रहेको मष्टा भगवतीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते विशु जाँत, दशैंका दिन दशैं जाँत र मुख्य रूपमा लिइने पूर्णिमामा पूजापाठ गरिन्छ । धार्मिक विधिवत रूपमा यस क्षेत्रका पाँच गाँउबाट बाजागाँजासहित धामी काप्दै नेजा ध्वजा लिइ चोलो आएपछि भाका बैजाली हुन्छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीका अनुसार न्वाघर, सेटीगाउँ र बजाडी गाउँबाट देउरो आएर पूजा गरिने चलन छ । यससंगै सुदूरको संस्कृति छाला नृत्य र देउडा खेल खेल्दै मष्ठा भगवतीको जाँत सम्पन्न हुन्छ ।

असिना पानीले स्थानीयले लगाएको अन्नबालीसँगै फलफूल नष्ट पारेपछि गाउँ–गाउँमा अनिकाल निम्तियो । अनिकालको रोकथामका लागि मष्टा भगवतीमा पूजापाठ गरिएसँगै मष्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको नवदुर्गा गाउँपालिका अध्यक्ष अवस्थीले बताए ।

मष्टा भगवतीमा नयाँ वर्ष विशु पर्व र दशैंमा बोका राँगाको बलीसमेत दिइन्छ । नवदुर्गा १ कोटेलीका स्थानीयवासी बोहरा परिवारले प्रत्येक वर्ष विशु पर्वका बेला गरिने पूजापाठमा अनिवार्य रूपमा एउटा बोका र एउटा राँगाको बली दिइने प्रचलन छ । उनले भने, ‘अरूहरूले मानोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बली दिने गरेका छन ।’ आफूले कुनै बर मागेअनुसार प्राप्त गरि सकेपछि बलि दिने चलन रकेो छ ।

मष्टा भगवतीमा हालसम्मकै विश्वको सबैभन्दा अग्लो भनिएको माता भगवतीको मूर्ति निर्माण गरिएको छ । भगवती माताको बहान सिंहमाथि आसनको गरेको ४५ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । धार्मिक आस्थासँगै पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म संसारमा सबैभन्दा उचाई भएको भगवतीको मूर्ति निर्माण गरिएको उनको भनाई छ । मूर्ति निर्माणसँगै मेलालाई व्यवस्थित बनाउन व्यापार व्यवसाय गर्नका लागि अलगअलग स्थान तोकिएको छ ।

असिना पानीले खाद्यान्न बाली नष्ट हुन थालेपछि मष्टा भगवतीको पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सीमा जोडिएका भारतीय जिल्लाहरुबाट समेत श्रद्धालु भक्तजन मष्टा भगवतीमा पुग्ने गरेका छन ।

नवदुर्गा गाउपालिकाको वडा नं. १ र २ को सिमाना रहेको अग्लाअग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मष्टा भगवती मन्दिर रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणिय स्थतामा मन्दिर छ । डडेल्धुराको अन्तिम जाँत भएकाले पनि मष्ठा भगवती मन्दिरको जाँतमा डडेल्धुराका अधिकांस स्थानबाट स्थानीय पुग्ने गरेको छन ।