केही बन्दी रिहा गर्दै हमासः विपिन छुट्ने प्रतीक्षामा नेपाल

Image

काठमाडौँ । हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ । सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भएमा पहिलो चरणमा बन्दी रिहा गर्ने सूचना सार्वजनिक गरेको हो । सो समूहले दिएको ३४ बन्धकको सूचीमा इजरायली नागरिक मात्र रहेका बताइएको छ । तर इजरायल सरकारले भने यस विषयमा केही थाहा नभएको जनाएको छ ।

यसअघि आफ्नो नियन्त्रणमा एक सय जना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमास समूहले पहिलो सूचीमा ती ३४ जना रिहा गरिने जनाएको हो ।

दश जना महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिइएको हमासले सूचनामा जनाएको छ ।

सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपालीसहित एक हजारभन्दा बढीको ज्यान गएको थियो ।

सोही हमलापछि हमासका लडाकुले नेपाली युवा विपिन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए ।

विपिन रिहाइको भएको पहल

नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक प्रयासलाई जारी राखेको छ । केही समय अघिको एक भिडियो फुटेजमा विपिन जीवितै रहेको सूचना नेपालले प्राप्त गरेको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीदेखि सबै देशका राजदूतलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । त्यसैगरी ती बन्दीको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेको कतार र इजिप्टसँग पनि उहाँले बारम्बार आग्रह गरिरहनुभएको छ ।

मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघीय ७९औँ महासभाका क्रममा आयोजित विभिन्न कार्यक्रममा विपिनको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग पनि आग्रह गरेकी थिईन ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला उनले जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्वका नेता तथा प्रतिनिधिहरुसँग आग्रह गरेकी थिईन ।

साथै त्यहाँ आयोजित असंलग्न राष्ट्रको सङ्गठन नाम, जी–७७, जी–२० लगायतका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि पहल गरिदिन विश्व समुदायको ध्यानाकर्षण गराएकी थिईन ।

उनले नेपालस्थित इजरायल र कतारका राजदूतलाई समय समयमा बोलाएर विपिनको अवस्था, रिहाइका लागि भइरहेका पहल र अन्य आवश्यक जानकारी लिने काम गरिराखेकी छन ।

त्यसैगरी परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशमा रहेका नेपाली राजदूतलाई पनि कतार र इजिप्ट सरकारको सम्पर्क तथा समन्वयमा रहन र विपिनको रिहाइका लागि विशेष चासो लिएर आवश्यक पहलकदमीका साथ लाग्न निर्देशन दिएको जनाएको छ ।