डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नगर पालिका स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
आइतबार अमरगढी नगरपालिकाले २९औं स्थापना दिवस मनाउने र उक्त दिन नगर मातहतका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय र शिक्षण संस्थाहरुमा बिदा दिइएको नगरपालिकाका अधिकृत मीनराज ओझाले बताए ।
२०५३ साल माघ १३ गते अमरगढी नगरपालिकाको स्थापना भएको थियो । स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने योजना रहेको अधिकृत ओझाले बताए ।












