डोटी । जोरायल गाउपालिका वडा नं. १ मा रहेको अग्रणी शैक्षिक संस्था हिमालयन उग्रतारा एजुकेशन एकेडेमीले आफनो १२औँ वाार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं युवा व्यवसायी योगेन्द्र बहादुर मल्लको अध्यक्षता तथा जोरायल गाउपालिका वडा नं.१ का अध्यक्ष जगत बहादुर मल्लको प्रमखु अतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका सहभागीहरु लाई एकेडेमीका संस्थापक प्रधानाध्यापक हेमन्त पातलीले स्वागत गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु, प्रहरी चौकी प्रमुख, स्थानिय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकेडेमीका संस्थापक प्रधानाध्यापक हेमन्त पातलीले विद्यालयको प्रगती प्रतिवेदन प्रश्तुत गरेका थिए । उनले शैक्षिक संस्था संञ्चालनमा विभिन्न चुनौतीका बारेमा विचारसमेत राखेका थिए ।
कार्यक्रममा विज्ञान प्रदर्शनीकासाथै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । साथै विभिन्न व्यक्तित्व र विद्यार्थीहरु लाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यामा विद्यार्थीहरु लाई छात्रवृती पनि प्रदान गरिएको थियो ।
कार्यक्रमका अधिकांस वक्ताहरुले हिमालयन एजुकेशन एकेडेमीले स्थापनाकाल देखी नै शैक्षिक गुणस्तरका लागी राम्रो काम गरेको भनाई राखेका थिए ।












