दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प

Image

काठमाडौँ । दैलेख जिल्लामा बुधबार साँझ ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी क्षेत्र नजिक केन्द्र भएर भूकम्प गएको हो ।

दैलेखसँगै आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।