सामुदायीक विद्यालयमा स्मार्ट बोर्डबाट पढाइ

Image

बैतडी । सामुदायीक विद्यालयको पठनपाठन स्तरीय बनाउन ज्ञानेश्वर माविले कक्षा १ देखि १२ सम्म कम्युटर, प्रोजेक्टर र स्मार्ट बोर्डमार्फत् पठनपाठन गरेर शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको छ। अहिले माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षा दिने विद्यार्थीलाई आवासीय सुविधा दिएर बिहान ५ बजेदेखि नै पढाउन थालिएको छ।

पाटन नगरपालिका ९, विजयपुरस्थित ज्ञानेश्वर माविले एसइई परीक्षा दिने विद्यार्थीका लागि विशेष तयारी कक्षा र अन्य कक्षाका विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेको हो । एसइई दिने विद्यार्थीलाई आवासीय सुविधासमेत उपलब्ध गराएपछि विद्यार्थी विद्यालयमै बसेर अध्ययन गरिरहेका प्रधानाध्यापक पुष्पराज जोशीले बताए ।

अतिरिक्त कक्षा सञ्चालन गर्दा ज्ञानेश्वर माविले गत २०८० को एसइई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको थियो । सोही अभ्यासलाई यो वर्ष दोहो¥याएको विज्ञान शिक्षक कृष्ण विष्टले बताए । उनले चैत ७ गतेदेखि हुने २०८१ को एसइई परीक्षामा ६१ जना विद्यार्थी रहेको बताए ।

विद्यालयको पठनपाठन स्तरीय बनाउन स्मार्ट बोर्ड, कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर जस्ता उपकरणले पढाइमा विद्यार्थीको रुचि जागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिस विष्टले बताए ।

करिब पाँच सय विद्यार्थी अध्ययनरत ज्ञानेश्वर माविले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ तीन वर्षे सव इञ्जिनियर विषयको समेत पढाइ सञ्चालन गरिरहेको छ । ज्ञानेश्वर माविलाई नेपाल सरकारले नमुना विद्यालयसमेत घोषणा गरेर थप सेवा सुविधा उपलब्ध गराइरहेको सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए ।