परशुरामधाममा साहित्य महोत्सव बिहीबार देखि

Image

डडेल्धुरा । प्रशिद्ध परशुरामधाममा बिहिबार देखि दुई दिने परशुराम साहित्य महोत्सव सुईना सुदूरकाको आयोजना हुदै छ । परशुराम नगरपालिकाले आयोजना गर्ने परशुराम साहित्य महोसत्व दोस्रो संस्करणको उद्घाटन बिहिबार गृहमन्त्री रमेश लेखकले गर्ने परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडाइर जोशीले जानकारी दिए ।

नेपाल भारत सिमा काली नदी किनारको परशुरामधाममा फाल्गुन २२ र २३ गते सचालन हुने साहित्य महोत्सवमा कलासाहित्य, संगित, खेलकुद लगायतका बिबिध बिषयमा छलफल हुने उनले बताए । गत वर्षदेखि सुरु गरिएको परशुराम साहित्य महोत्सवमा डडेल्धुराका कलासंस्कृतिहरुको संरक्षण र संवद्र्र्धन कसरी गर्न सकिन्छ भन्ने बिषयमा विभिन्न व्यक्तित्वहरुसँग सेसनगत छलफल हुने न छ ।

साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणकासाथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सवको आयोजना गर्न थालिएको उनको भनाई छ ।

स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ । सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । उनले भने, त्यहाँ बर्सेनि ५० लाख बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ । तर त्यो भन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ । यस कारण नगरपालिकाले भौतिक विकासकासाथै यहाँको सांस्कृतिक मूल्य मान्यता, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि साहित्य महोत्सवका माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न चाहन्छौ ।

महोत्सवको दोस्रो संस्करणमा ‘संस्कार शिक्षा, डिजिटल युगका युवा, अवसर र चुनौती, गजल साझ लगायतका सत्रमा विमर्श हुने छ । ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येताहरू विमर्शमा सहभागी हुनेछन् ।

महोत्सवमा सुदूरका सुईना, खोजिन बाँकी इतिहास, लेखिन बाँकी इतिहास, सुसंस्कृत राजनीति देखाई र भोगाई, संस्कार शिक्षा, कविता कहानी, काव्य संध्या, खेल संसार अर्थतन्त्र, पर्यटन र कुटनीति, ईजानकी कुरणी, डिजिटल युगाका युवाः अवसर र चुनौती, गजल गंगा, डेउडाः मौलिक पहिचान शिर्षक बहस छलफल र प्रश्तुतीहरु रहने नगर प्रमुख जोशीले बताए ।