डडेल्धुरा । घांस काट्ने हसियाले श्रीमतीको हत्या गरि भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिल गाउँका ५४ वर्षीय करन भुलले साउन १ गते बिहिरबार राती आफ्नै श्रीमती ४० वर्षिय खिमादेवी भुलको हत्या गरी भागेका थिए । राती ११ बजेको समयमा श्रीमतीको हत्या गरि भागे पछि करनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार बिहान पौने ९ बजे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरी निरीक्षक डम्बर बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक घण्टाभित्रै (पौने १० बजे) को समयमा श्रीमतीको हत्या गरि भागेका करन भुललाई गन्यापधुरा गाउँपालिका वडा नं. ३ कै गोयल लेकबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार श्रीमान करनले गरेको हसिया प्रहारबाट श्रीमती खिमाको घटना स्थलमै मृत्यु भएको थियो । घरायसी विवादका कारण उनले श्रीमती माथि हसिया प्रहार गरेको बुझिएको छ । करनलाई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।











