घर भित्रबाट बिजुलीका तार

Image

डडेल्धुरा । जिल्ला सदरमुकाम खलंगाको एक घर भित्रबाट बिजुलीका तार तानिएका छन । अमगढी नगरपालिका ५ बागथलामा नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको कार्यालय छ । कार्यालयको ठिक अगाडी स्थानीय सुन्दरी बिष्टको घर छ । उनको घरको चौथो तलको एक कोठाबाट बिजुलीका तार वारपार भएका छन । उक्त लाईनमा बिजुली भने छैन । विगत ६ वर्ष देखी उक्त तारमा बिजुलीको लाईन काटिएको छ ।

घर निर्माण गर्ने क्रममा बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीसंग छलफल गर्दा पोल सार्ने गरि कुरा भएको उनले बताईन । तपाई घर बनाउदै गर्नुहोस, म लाईन सार्नका लागि माथि फाईल पठाउछु भनेर हाकिमले भन्नुभएको थियो । सुन्दरीका श्रीमान बल बहादुर बिष्टले भने, अहिले मैले घर बनाईसके तर लाईन सारिएन । घरको कोठाबाट दुई तिर प्वाल छोडेर बिजुलीका तार वारपार भएका छन ।

बिजुलीको लाईन नभएको उक्त तार सार्न बारम्बार प्राधिकरणलगायत अमरगढी नगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिए पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे । पहिले भएको छलफल अनुसार लाईन सार्न फाईल माथी नपठाईएको जानकारी कार्यालय प्रमुख अवस्थीबाट पाईएको उनले बताए ।

कार्यालय प्रमुख अवस्थीले अर्को विकल्प नहुञ्जेसम्म लाईन सार्न मिल्दैन । पहिले उनको जमिनबाथिबाट लाईन गएको थियो । नयाँ ठाउँमा सार्न कोही कसैले जमिन नदिने भएकाले उनले नै पोल गाड्न जमिन दिनुपर्ने कार्यालय प्रमुख अवस्थीले बताए । उनको घर माथिबाट तानिएको तारबाट पहिले डडेल्धुरा जिल्लाका विभिन्न स्थानमा बिजुलीको लाईन दिईएको थियो । उनले भने, केही वर्ष यता बजारबाट लाईन दिईएको छ । उक्त तारमा लाईन अहिल छैन । भोलीका दिनमा लाईन विस्तार गर्नु पर्दा उक्त तार नै आवश्यक हुन्छन । नयाँ ठाउँमा कसैले जमिन नदिने भएकाले उनले विकल्प दिनुपर्ने कार्यालय प्रमुख अवस्थीको भनाई छ ।