डडेल्धुरा । विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देब बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी एवं प्रहरी नायव निरिक्षक धनी चन्दका अनुसार अस्पतालमा उपचाररत अवस्थामा रहेका बोहराको साउन १३ गते साँझ ४ः५० बजे मृत्यु भएको हो ।
बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।











