डडेल्धुरा । तरकारी जर्मप्लाज्म सम्बर्धन तथा तरकारी वीउ केन्द्र डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट घोषण गरिएको छ । वीउ केन्द्रलाई भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उत्कृष्ट घोषणा गर्दै सम्मानसमेत गरेको छ ।
मन्त्रालयको गत आर्थिक वर्ष २०८१/८२ साल को वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा वीउ केन्द्रसंगै अन्य दुई वटा कार्यालयको कार्य प्रगति तथा प्रस्तुति उत्कृष्ट घोषणासहित सम्मान गरेका हो । वीउ केन्द्रले पहिलो पटक गोलभेडाको सिर्जना जात र काक्राको मधु जातको हाईब्रिड वीउ उत्पादन गरेको थियो ।
भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ सालको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम यहि साउन ११ गते देखि १३ गते सम्म संचालन भएको थियो । मन्त्रालय मातहतका जिल्ला स्थीत सम्पूर्ण कार्यालयहरुले आफुसंग सम्बन्धित वर्षभरी तोकिएका कामहरुको प्रगती विवरणसहित सम्पादित कामको उपलब्धि विवरण प्रश्तुत गरेका थिए ।
धनगढीमा भएको तीन दिने कार्यशाला गोष्ठीमा प्रस्तुत भएको प्रस्तुतीकरण अनुसार कृषि मन्त्रालयले पहिलो पटक उत्कृष्ट कार्य तथा प्रस्तुति गर्ने कार्यालयहरुलाई सम्मान गरेको वीउ केन्द्रका कार्यालय प्रमुख तारी सिंह ठकुराठीले जानकारी दिए ।
तरकारी जर्मप्लाज्म सम्बर्धन तथा तरकारी वीउ उत्पादन केन्द्र डडेल्धुरासंगै मन्त्रालयले कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कंचनपुर लाइ सम्मान गरेको हो ।
सुदुरपश्चिममा पहिलो पटक सिर्जना जातको गोलभेडा र मधुजातको काँक्राको वीउ उत्पादन गरेकोमा तरकारी जर्मप्लाज्म सम्बर्धन तथा तरकारी वीउ उत्पादन केन्द्र डडेल्धुराले वीउ उत्पादन गर्न प्राविधिक सहयोग गरेका किसान प्रिन्सराज अवस्थीलाइ पनि सम्मान गरिएको वीउ केन्द्रका प्रमुख ठकुराठीले जानकारी दिए ।











