डडेल्धुराको काली नदी किनारमा शिशु जन्माएकी सुत्केरीको सेती अस्पतालमा मृत्यु

Image
प्रतिकारात्मक तस्बिर

डडेल्धुरा । जिल्लाको भारतसंग सिमा जोडिएको काली नदी किनारको स्वास्थ्यचौकीमा शिशुलाई जन्म दिएकी एक सुत्केरीको मृत्यु भएको छ । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका–७ साँदनीका सुरेश भट्टकी २७ वर्षीया श्रीमती भुवनी पाण्डेय भट्टको शिशुजन्माईसके पछि कैलालीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

उनले बुधबार स्थानीय साँदनी स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिएकी थिइन् । सुत्केरी भट्टको सालनाल नआउने र अत्यधिक रक्तश्राव भएपछि उनलाई धनगढीको सेती प्रादेशिक अस्पताल पुगाईएको थियो ।

उनको उपचारको क्रममा बिहीबार सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले बताए । उनका अनुसार शिशुको अवस्था सामान्य छ ।