स्थापना हुन सकेन औद्योगिक ग्रामः अमरगढीमा अढाई करोड बढी खर्च गरि निर्माण गरिएको भवन अलपत्र

Image

डडेल्धुरा । जिल्ला सदरमुकाममा अढाई करोड बढी खर्च गरि निर्माण गरिएको भवन अलपत्र अवस्थामा छ । अमरगढी नगरपालिका वडा नं. १ को ढुनढुनेमा निर्माण गरिएको औधोगिक ग्राम पुर्वाधार अन्र्तगतको भवन अपपत्र परेको हो । नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थीक सहयोगमा भवन निर्माण गरिएको थियो ।

२०७८ कार्तिक महिनामा ठेक्का सम्झौता भई २०८० सालमा निर्माण सम्पन्न गरी संचालनमा ल्याउनु पर्ने भवन निर्माण भएको दुई वर्ष बिति सक्दासम्म भवनको सदुपयोग हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजगर्मा कैलाली–डडेल्धुरा भिमदत्त राजमार्गसंगै जोडिएको भवन प्रयोगमा ल्याउन नसक्दा भवन परिसरमा झाडी पलाएको छ । राजमार्गबाट भवनसम्म जाने करिब दुई सय मिटरको कच्चि सडकबाटो वर्षातले भत्किसकेको छ । भवनको अगाडी लगाईएको ठूलो पर्खाल समेत भत्कीन थालेको छ ।

भवन निर्माणका लागि उद्योग तथा आपुर्ती मन्त्रालयले बजेट कम दिएका कारण भवनमा उद्योग स्थापना गर्न समस्या भएको अमरगढी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले बताए । तर मन्त्रालयले दिने रकम मध्ये अधिकांश रकम उपलब्ध गराई खर्च भईसकेको छ । उनका अनुसार करिब तीन करोड रुपियाँ मन्त्रालयले दिनु पर्ने थियो । दुई वर्ष अघि नै दुई करोड ६३ लाख रकम मन्त्रालयबाट प्राप्त भईसको छ ।

एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना

एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना गरि स्थानीय स्तरमा स्थानीयलाई रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य अनुसार अमरगढी नगरपालिकामा भवन निर्माण गरिएको थियो । ग्राममा स्थापना हुने उद्योगबाट रोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य लिइएको भएपनि लक्ष्य अनुसार कामले गति लिन सकेको छैन । साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने बताइए पनि पर्याप्त बजेट नहुदा औद्योगिक ग्राम स्थापनाको काम अनिश्चित बनेको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दुई करोड ६१ लाख रुपियाँको टेण्डरमा ठेक्का सम्भौताभई अमरगढी नगरपालिका १ ढुनढुनेमा औद्योगिक ग्रामका लागि भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का सदर भई आर्थिक वर्ष २०८०/०८१ मा भवन निर्माणको काम सम्पन्न गर्ने सम्भौता अमरगढी नगरपालिकाले निर्माण कम्पनीसंग गरेको थियो । भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जोशी अमृत जेभीले भवन निर्माण गरिसकेको छ । तर औद्योगिक ग्राम भने स्थापना हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने योजना ल्याईएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गरि भवन निर्माणको काम थालिएको थियो । स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययन गरेको थियो ।

कम्पनीका परामर्शदाता डिल्लीराज अधिकारीका अनुसार कञ्चनपुरमा चार, कैलालीमा छ, डडेल्धुरामा तीन, दार्चुलामा दुई, बैतडीमा एक, बझाङमा एक, अछाममा दुई र डोटीमा दुई औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिइएको छ ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवनसहित बैंक तथा वित्तीय सेवा, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी बिक्री कक्ष, शौचालय पार्किङस्थल, चमेनागृह, प्राथमिक उपचार केन्द्र हुने छन । स्थानीय साधन स्रोत, कच्चा पदार्थ, प्रविधि र सीप परिचालन गरी औद्योगिक ग्राममा लघु, घरेलु तथा साना उद्योग स्थापना हुनेछन । तर हालसम्म यस्तो हुन नसक्दा स्थानीय निरास भएका छन ।