कैलाली कारागार भित्र पस्न सकेन सुरक्षाकर्मी, कैदीबन्दिले कैलालीका सुरक्षा प्रमुखसंग कुरा नगर्ने

Image

कैलाली । जिल्ला कारागार कैलाली दुई दिनदेखि कैदीबन्दिको नियन्त्रणमा छ । शुक्रबार राति हिंसात्मक घटना हुदा एक जनाको मृत्यु र ४७ जना कैदीकन्दि घाईते भएका थिए । घाईते मध्ये आयुष भट्टलाई थप उपचारका लागि स्काई ट्रक मार्फट शनिबार काठमाडौं लगिएको थियो भने थप एक जनालाई आईतबार काठमाडौं लैजाने तयारी गरिएको छ ।

उक्त घटना पछि कारागार कैदीबन्दिले नियन्त्रणमा लिएका थिए । घटना भएको ४० घण्टा बितेपनि सुरक्षा अधिकारीहरु कारागार भित्र प्रवेश गर्न सकेका छैनन् ।

हाल नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले कारागार बाहिर सुरक्षा दिईरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जानकारी दिए । उनका अनुसार आईतबार मानव अधिकार आयोग र छानबिन समितिको टाली आएपछि कारागार भित्र घटना स्थलमा जाने तयारी छ ।

कैदीबन्दिहरुले कैलालीका सुरक्षा अधिकारीहरु संग आफुले कुरा नगर्ने बताएका छन । उनीहरुसंग बारम्बार कुराकानी गर्दा पनि स्थानान्तरण पारदर्शी नभएको भन्दै कैदीबन्दिहरुले कारागार कब्जा गरेका छन । मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक प्रकाश भट्टका अनुसार कैदीबन्दिहरुले गृह मन्त्रालय र कारागार विभागका प्रतिनिधिहरु संग मात्रै संवाद गर्ने बताएका छन । प्रमुख जिल्ला अधिकारी हमालसंग बारम्बार सम्वाद गर्दा पनि समस्याको सामाधान नभउको कैदिबन्दिहरुले यस्तो अडान राखेका हुन ।