डडेल्धुरा । स्थानीय सरकार पालिकाहरुले वार्षिक समिक्षा कार्याक्रममा गैरसरकारी संस्थाहरुले गरेका काम र बजेट बारे खुलाएका छैनन् । यस जिल्लाका सात वटा पालिका मध्ये कुनै पनि पालिकाले गैर सरकारी संघ संस्थाहरुले सम्पन्न गरेका योजना र बजेटबारे समिक्षा कार्यक्रममा कुनै जानकारी नै दिएनन् ।
आधा दर्जन गैरसरकारी संघ संस्थाहरुले यहाँका कुनै न कुनै पालिकामा भौतिक पूर्वाधार देखि विपद व्यवस्थापन, कृषि, जनचेतना, पोषणका क्षेत्रमा काम गरिरहेका छन । तर पालिकाहरुले गैर सरकारी संघ संस्थाहरुले गरेका काम बारे कुनै जानकारी नदिदा कार्यक्रममा दोहोरो बजेट परेको आशंका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरे ।
मंगलबार सम्पन्न भएको वार्षिक समिक्षा कार्यक्रममा गैर सरकारी संघ संस्थाहरुले विभिन्न पालिकामा गरेका काम योजना, बजेट र दातृ निकाय बारे जानकारी गराएका थिए । गैर सरकारी संघ संस्थाहरुले विभिन्न योजना र बजेट बारे जानकारी गराएपनि पालिकाहरुले भने कुनै जानकारी नदिएको भन्दै प्रमुख जिल्ला अधिकारी गौतमले दोहोरा बजेट परेको आशंका गरे ।
गैर सरकारी संघ संस्थाका संचालकहरुले पालिकाहरु संगको समन्वयमा कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गरिए पनि आफ्नो समिक्षामा उल्लेख नगरिनु दुःखद भएको टिप्पणी गरे । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुकले) अक्सफाम लगायत विभिन्न दातृ निकायहरुको आर्थिक सहयोगमा महाकाली नदीमा व्यवसायीक रुपमा र्याफ्टिंग संचालन गर्न र्याफ्ट खरिदसंगै दक्ष जनशक्तिहरु ल्याई स्थानीयलाई र्याफ्टिंग सिकाएको थियो ।
काली नदीमा र्याफ्टिंग संचलनका लागि १६ लाख रुपियाँमा र्याफ्टिंग सेट खरिद, परशुराम मेयर फोरम कार्यक्रममा महाकाली सम्वादका लागि पाँच लाख, परशुरम नगरपालिकाको पन्तुरा, बहादुरे, कलपट्टेमा पानिका मुहान संरक्षण, आलिताल गाउँपालिको दुर्गा माविमा फिल्टर जडानका लागि पाँच लाख, मशिला शसक्तिकरण क्षमता अभिबृद्धिमा चार लाख रकम खर्च गरिएको थियो ।
अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाका महिलाहरु लाई उद्दमशिलता बनाउन विभिन्न तालिम, अवलोकन भ्रमण र आवश्यक सामाग्री ब्युटिसियन, कृषक महिलाहरुका लागि बाख्रा खरिदमा १३ लाख खर्च, अमरगढी नगरपालिका ५ मा १५ लाख रकममा सुरक्षित आश्रय स्थल भवन निर्माण, महेन्द्र माविमा एक जना स्वास्थ्यकर्मी कर्मचारी खटाई विपद व्यवस्थापनका लागि नमूना हाउस वायरिंग, गमला व्यवस्थापन, शुद्ध खानेपानीका लागि टंकी, स्मार्ट बोर्डलागतयका कार्यक्रमहरुमा १० लाख बढी रकम खर्च गरिएको रुडुकले जानकारी दिएको छ ।
यस्तै बहुउद्देशीय विकास समाज (एमपीडिएस) ले आलिताल गाउँपाकिलामा विपद व्यवस्थापनका कार्यमा बाढी पहिरो नियन्त्रणका लागि पर्खाल निर्माण, पीडितलाई राहातमा टेण्ड वितरण गरि करिब १६ लाख रकम खर्च गरेको देखाएको छ । आयआर्जन्का क्षेत्रमा पोलिहाउस वितरण, गोठे मल, भर्मि कम्पोष्ट उद्यमका क्षेत्रमा २० लाख रकम खर्च गरिएको छ ।
यस्तै एटुजे कार्यक्रम अन्तरगत लक्षित समुदायको मानव अधिकारीका क्षेत्रमा पैरबिलगायत न्यायमा पहुचका लागि आलिताल गाउँपालिकामा सात लाख र अजयमेरु गाउँपालिकामा पाँच रकम खर्च गरिएको देखाएको छ ।
अजयमेरु गाउँपालिमा जीवन रक्षा केद्र नामक संस्थाद्धारा संचालित सर्वांगिण विकास कार्यक्रम अन्तरगत २४ लाख रकम खर्च गरेको देखाएको छ । वडा नं. २ को अजयमेरु आधारभूत विद्यालय र समैजी आधारभूत विद्यालयमा बालबालिकाको खाना कार्याक्रममा उक्त रकम खर्च गरिएको थियो । यस संस्थाले विद्यालयमा करेसाबारी स्थापना गरि बालबालिकाका अभिभावकहरु गर्भवती महिलाहरु लाईसमेत पोषिला आहारको व्यवस्था गर्दै आईरहेको छ ।
आयआर्जनको क्षेत्रमा काम गर्दै आएको एकिकृत विकास समाज (आईडीइएस)ले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा गत वर्ष मात्रै करिब पाँच लाख खर्च गरेको छ । यी दुई वटै पालिकामा आईडीइएसले कृषि पशुपालका क्षेत्रमा स्थानीयहरुलाई आवश्यक तालिम, पोलिहाउस निर्माण, अचार बनाउन, टपरी बनाउन, झोला बनाउन तालिम, डेरीमा आवश्यक सामाग्रीहरु खरिद गरि वितरण गरेको आईडीइएसले जानकारी दिएको छ ।











