अजयमेरुमा केराखेतीः प्राबिधिक सल्लाह विपरित रोपिए १० हजार बढी विरुवा

Image

डडेल्धुरा । असार मसान्तसम्म फरफारक गरिसक्नु पर्ने योजना साउन महिनासम्म सम्पन्न नभएको भन्दै व्यापाक विरोध भएको अजयमेरु गाउँपालिकामा केराखेती कृषि प्राबिधिको सल्लाह विपरित विरुवा रोपेको पाईएको छ । अजयमेरु गाउँपाकिकाले नयाँ केरा पकेट विकास कार्यक्रम अन्तरगत १२ लाख रकम खर्च गरि १० हजार बढी केराका विरुवा रोपेको छ । तर कृषि प्राबिधिकको सल्लाह विपरित किसानहरुले विरुवा रोप्दा झण्डै आधा विरुवा सुकिसकेका छन ।

आधा मिटर गाहिराई र चौडाईको खाडल बनाई दुई/दुई मिटरको दुरीमा केराका विरुवा पोप्नु पर्ने कृषि प्राबिधिकको सल्लाह भए पनि किसानले एक फिट गहिराई चौडाई भएका खाडल खनेर आधा मिटरको दुरीमा मात्रै केराका विरुवा रोपेको पाईएको छ । कुनै खाडलमा दुई वटा विरुवासमेत रोपिएका छन ।

प्राबिधिकको सल्लाह नमानी आफुखुसी किसानले विरुवा रोप्दा करिब ५० प्रतिशत विरुवा रोपेको हप्ता दिनमै मरेको अनुगमनका क्रममा पाईएको हो । गाउँपालिकाबट किसानले निःशुल्क रुपमा केराका विरुवा पाउनुकासाथै खाडल खनाई र मलखादमा समेत केही रकम पाउदा किसानले मेहनत र चासो नदिएको पाईएको अनुगमन समहुका एक सदस्य स्थानीय एवं नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य रमेश शाहले बताए ।

संघिय सरकारको शसर्त कार्यक्रम अन्र्तगत अजयमेरु गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा केरा खेतीका लागि १२ लाख रकम प्राप्त भएको थियो । १५ हेक्टर क्षेत्रफलमा गरिनुपर्ने केरा खेतीका लागि गाउँपालिकाले कृषकबाट निवेदन आह्वान गरेपछि कुनै पनि किसानको जमिन १५ हेक्टर पुगेन ।
गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितेन्द्र ओझाका अनुसार उक्त रकम फिर्ता जान नदिन निवेदन दिएका ३५ किसानहरु मध्ये २२ जनालाई छनौटगरि समुह मार्फत केरा खेती गर्ने गरि सहमती गरियो ।

स्थानीय र टिस्यु कल्चरका जी नाईन जातका केराका बोट रोप्ने गरि योजना बनाई कञ्चनपुरको एक कृषि फर्मसंग विरुवा आपुर्तीका लागि सम्झौता पनि गरियो । तर असार २५ गते भुक्तानी गरिसक्नुपर्ने दिनसम्म उक्त कृषि फर्मले केराका विरुवा आपुर्ती गर्न नसके पछि कृषक समुहको बैंक खातामा रकम जम्मा गरियो । नयाँ आर्थिक वर्षको दोस्रो सातासम्म किसानले केराका विरुवा नपाएपछि पालिकामा व्यापक जनगुनासो बढ्यो । तर पालिकाले विरुवा उत्पादन गर्न कम्तिमा २० दिन लाग्ने जानकारी पाएको बताउदै साउन तेस्रो सातासम्म आपुर्ती हुने बतायो ।

उनका अनुसार साउन १७ गते देखि २० गतेसम्म जी नाईन जातका विरुवा आपुर्ती भएपछि किसानका बारिसम्म पुगाईयो । समुहका सातामा जम्मा गरिएको रकम भुक्तानी पनि गरियो । तर किसानले भने प्राबिधिकको सल्ला अनुसार केराका विरुवा रोपेनन् । प्राबिकिको सल्लाह अनुसार विरुपा नरोपेको पाईएपछि मलखाद र गोडमेलमा ध्यान दिनुपर्ने भन्दै एक निर्णय गरिएको छ । जिल्ला समन्वय प्रमुख, राजनैतिक दल, कृृषि शाखा प्राबिधिक एर्व पालिकाका कर्मचारी र संचारकर्मीहरुसहितको सयुक्त अनुगमनमा प्राबिधिकको सल्लाह अनुसार विरुवा रोपेको नपाईए पछि कृषकलाई जिम्मेवार बनाउने गरि निर्णय गरिएको उनले जानकारी दिए ।

सडक संजालबाट पाँच देखि १० किलोमिटर टाढाँका खेतबारीमासमेत केराका विरुवा किसानले रोपेकाले उत्पादन पछि ढुवानीको व्यवस्थाका लागि गाउँपाकिलालाई अनुगमन समुहले सल्लाह दिएको उनले जानकारी दिए । उनका अनुसार नमूनाका रुपमा वडा नं. ३ मा रहेको पालिकाको मुकाम भद्रपुर स्थित कृषि, पशुपंछि कार्यालय परिसर र जनप्रतिनिधि, कर्मचारी अवास परिसरको क्षेत्रमा एक हजार केराका विरुवा रोपिएका छन ।

सबैभन्दा बढी केराका विरुवा वडा नं. ५ का किसान राज सिहं खड्काले एक हजार, यसै वडाका किसान हेमराज भट्टले ८००, हिमाल खड्काले ८०० र ठगीसिंह महताले ७०० विरुवा रोपेका छन । यसैगरी वडा नं. ६ का किसान दानसिंह बिष्टले ६००, डम्बरदत्त पनेरुले ३००, वडा नं. ४ का किसान हरि बहादुर बिष्ट र खडक बहादुर बिष्टले समान ४००/४०० विरुवा रोप्नु भएको छ भने अन्य केही किसानले १३०, १०० र केहीले २० वटासमेत गरि जम्मा १० हजार ३५८ विरुवा रोपेको उनले बताए ।

केराको उन्नत जात टिस्यु कल्चरका विरुवा खरिदमा तीन लाख ६० हजार, स्थानीय जात खरिदमा ८७ हजार २२०, खाडल र मालखाद वाफत किसानलाई चार लाख ५५ हजार ४०३, विरुवा ढुवानी अनुगमन, किसान अभिमूखिकरणलमा दुई लाख ४९ हजार ३७७ रकम गरि खेरा खेती गर्ने किसान समहुलाई ११ लाख ५२ हजार भुक्तानी गरिएको र श्रमदान रकम दुई लाख ६४ हजार १३१ गरि जम्मा १४ लाख २८ हजार ४८५ रकम खर्च भएको प्रमुख प्रशासकिय अधिकृत ओझाले जानकारी दिए ।